🌾 कृषिशालामा एक दिन (संवाद)
📚 शब्दभण्डार
१. तल दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
| क्र.सं. | दिइएको अर्थ | उत्तर |
|---|---|---|
| क) | सोच्न लायक | माननीय |
| ख) | बालीनाली | उपज |
| ग) | अर्थपूर्ण | सार्थक |
| घ) | पानीमा बसेर जीविका गर्ने प्राणी | जलचर |
| ङ) | विषयुक्त | विषादी |
| च) | बिउ छरेपछि माटालाई पातपतिङ्गरले छोप्नु | आच्छादन |
| छ) | एउटै स्थानमा पाँच फरक उचाइ हुने वृक्ष लगाउने | पञ्चस्तरीय ढाँचा |
२. दिइएका शब्दहरूको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
| शब्द | वाक्यमा प्रयोग |
|---|---|
| गहुँत | वैज्ञानिक अनुसन्धानबाट गाईको गहुँतले १४८ प्रकारका रोग निको पार्न सक्ने तथ्य प्रमाणित भएको छ । |
| उर्वर | नेपालमा कृषि उत्पादनका लागि उपयुक्त उर्वर भूमि प्रशस्त रहेको विज्ञहरूको धारणा छ। |
| स्थलचर | जलचर, स्थलचर र नभचर सबै प्राणीहरू आफ्नो वातावरणमा सुरक्षित महसुस गर्दै सक्रिय हुन थालेका छन् । |
| जलप्रबन्धन | राम्रो कृषि उत्पादनका लागि उचित जलप्रबन्धन आवश्यक हुन्छ । |
| कृषिविद् | कृषिविद् हरि दाहालले हिउँदेबालीका लागि सरकारले बीउ तथा कृषिजन्य सामग्री उपलब्ध गराउनुपर्ने सुझाव दिए । |
| प्रवर्धन | पछिल्लो समयमा पर्यटन प्रवर्धनका दृष्टिले पहिले कम प्राथमिकतामा रहेका मुलुकहरूमा पनि सम्भावना देखिन थालेको छ । |
| समृद्ध | प्रदेशहरूको आर्थिक विकाससँगै देशलाई पनि समृद्ध बनाउन सकिन्छ । |
| अभियन्ता | भारतीय नारीवादी अभियन्ता कमला भासिनको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ । |
| महत्त्वाकाङ्क्षी | चीनको महत्त्वाकाङ्क्षी सिल्क रोड योजनाका कारण अफगानिस्तान भूराजनीतिक केन्द्रमा परेको छ। |
| ज्ञानशाला | राजविराजमा बालप्रतिभाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै ज्ञानशाला दिवस मनाइएको छ । |
३. दिइएका पदावलीहरूको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :
उत्तर :
देशको सामाजिक तथा आर्थिक अवस्थालाई उकास्न कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्छ । नेपालीहरूले विकासका लागि कृषि कर्मलाई आधुनिक र वैज्ञानिक बनाउँदै लैजान आवश्यक छ । पुराना कृषि ज्ञान तथा अनुभवलाई नयाँ प्रविधिसँग समायोजन गरेमा उत्पादनमा उल्लेख्य सुधार ल्याउन सकिन्छ । सरकारले स्थानीय तहमा कृषि क्याम्पस स्थापना गरी आवश्यक सङ्ख्यामा कृषि वैज्ञानिक तयार पार्ने वातावरण बनाउनुपर्छ । खेतीमा रासायनिक मलको निर्भरता घटाएर प्राकृतिक तथा वातावरणमैत्री उपाय अपनाउनुपर्छ । प्राकृतिक वनस्पतिको संरक्षण र विस्तारलाई कृषिसँग जोड्न सकेमा वातावरण स्वच्छ राख्न तथा पर्यावरण संरक्षणमा उल्लेखनीय सहयोग पुग्न सक्छ ।
📖 बोध र अभिव्यक्ति
१. कृषिशालामा एक दिन पाठ पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
क) संवादमा कतिजना पात्रहरू सहभागी छन् ?
=> उत्तर: उक्त संवादमा ६ जना पात्रहरू सहभागी छन् ।
ख) सबैभन्दा धेरै पटक प्रश्न गर्ने विद्यार्थी कुन हो ?
=> उत्तर: संवादमा सबैभन्दा बढी प्रश्न उठाउने विद्यार्थी म्हेन्दो हो ।
ग) यो संवाद कुन स्थानमा गरिएको हो ?
=> उत्तर: संवाद बद्री विश्वकर्मा कृषिशालाभित्र गरिएको हो ।
घ) कुन पात्रले खाद्यपदार्थलाई औषधि भनेको छ ?
=> उत्तर: खाद्यपदार्थलाई औषधि डोल्मा गुरुमाले भनेकी हुन् ।
ङ) सबैभन्दा छोटो संवाद कसले बोलेको छ ?
=> उत्तर: सबैभन्दा छोटो संवाद हर्कध्वजले बोलेको छ ।
२. दिइएका भनाइहरू कसकसका हुन्, पत्ता लगाउनुहोस् :
| क्र.सं. | भनाइको वक्ता |
|---|---|
| क) | बद्री विश्वकर्माको |
| ख) | रामभरोसको |
| ग) | डोल्मा गुरुमाको |
| घ) | गुरुध्वजको |
| ङ) | भगतसिंहको |
| च) | डोल्मा गुरुमाको |
४. पाठमा रहेको मैले प्रयोग........हैन र ? संवादांश पढी दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् :
क) के गर्दा जमिन उर्वर बन्छ ?
उत्तर :
उत्तर :
माटोको उर्वरता बढाउन रासायनिक मल तथा विषादीको प्रयोग त्यागी घरमै तयार गरिएको कम्पोस्ट मल प्रयोग गर्नुपर्छ । विषादीका रूपमा गहुँत प्रयोग गरेमा पनि जमिनलाई उर्वर राख्न मद्दत पुग्छ ।
ख) पानीको स्रोत विषाक्त हुनाको कारण के हो ?
उत्तर :
उत्तर :
पानीका स्रोतमा विषाक्तता आउनुको कारण रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग हो ।
ग) संवादमा के कर्मलाई अपराध भनिएको छ ?
उत्तर :
उत्तर :
खेतमा रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग गरेर प्राणीहरूको जीवन रक्षासम्बन्धी आदर्शलाई उपेक्षा गर्ने कार्यलाई संवादमा अपराध भनिएको छ ।
घ) प्रकृतिले हामीलाई कसरी सजाय दिइराखेको छ ?
उत्तर :
उत्तर :
प्रकृतिले मानिसमा विभिन्न किसिमका रोगहरू उत्पन्न गराउँदै सजाय दिइरहेको छ ।
५. दिइएको संवादांश पढ्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
क) प्राकृतिक खेती गर्दा के फाइदा हुन्छ ?
उत्तर :
उत्तर :
प्राकृतिक खेतीमा कीटनाशकको प्रयोग कम हुने भएकाले माटोको क्षय घट्छ । यसले जमिन तथा सतही पानीमा नाइट्रेटको मात्रा कम गर्न सहयोग पुर्याउँछ । पशुजन्य फोहोरलाई खेतमा पुनः प्रयोग गर्न सकिने भएकाले त्यसको उपयोग पनि प्रभावकारी हुन्छ । उत्पादनका लागि बाहिरी बजारबाट धेरै सामग्री खरिद गर्न नपर्ने हुँदा किसानको खर्च बचत हुन्छ । कम लगानीमा उत्पादन गर्न सकिने भएकाले प्राकृतिक खेती आर्थिक रूपमा पनि लाभदायक हुन्छ र उत्पादित वस्तुको मूल्य राम्रो प्राप्त हुन सक्छ । जलवायु परिवर्तन तथा बढ्दो विश्व जनसङ्ख्याका चुनौतीबीच प्राकृतिक कृषिको भविष्यका लागि वातावरणीय फाइदा जोगाउँदै उत्पादन बढाउने र मूल्य घटाउने विषय महत्वपूर्ण चुनौतीका रूपमा रहन्छ ।
ख) "मन परेको काममा कमाइ थोरै भए पनि चित्त बुझ्छ ।" यस कथनलाई पुष्टि गर्नुहोस् ।
उत्तर :
उत्तर :
मानिसको कामप्रतिको रुचिले उसको उत्साह र सन्तुष्टिमा प्रत्यक्ष प्रभाव पार्छ । आफूलाई मन परेको काममा संलग्न हुँदा व्यक्ति त्यसलाई बोझका रूपमा लिँदैन । इच्छाअनुसारको काम भएकाले परिश्रम गर्न ऊर्जा प्राप्त हुन्छ र थकानको अनुभूति पनि कम हुन्छ । आफ्नो रुचिको क्षेत्रमा मानिस रमाउँदै काम गर्ने भएकाले उपलब्धि हासिल गर्ने सम्भावना बढ्छ । यस्तो व्यक्तिले श्रमको मूल्यलाई केवल पैसाको आधारमा मापन गर्दैन । आम्दानी थोरै भए पनि आफूले चाहेको काम गर्न पाएको सन्तोषले उसको मन खुसी हुन्छ । त्यसैले मनपर्ने कामबाट प्राप्त हुने आत्मसन्तुष्टिले कम आम्दानीलाई पनि स्वीकार्य बनाउन सक्छ ।
६. दिइएको संवादांश पढ्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
क) हाम्रो मौलिक बिउबिजन कसरी जोगाउन सकिन्छ ?
उत्तर :
उत्तर :
नेपाल एक कृषि पराधीन देश हो । राष्ट्रको दुई-तिहाइ जनसङ्ख्याले अपनाउने कृषि पेसालाई राष्ट्रले सम्मानित बनाइ कृषि रणनीति अपनाउनुपर्छ । जैविक विविधताको संरक्षण गरी मौलिक विउविजको प्रयोगमा जोड दिँदै हाम्रा अथाह खाद्यान्नका आधारहरू लोप हुनवाट जोगाउनुपर्छ । परम्परागत ज्ञान र अनुभवलाई जोगाउँदै विउविजनको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । सरकारले युवा पुस्ताका लागि कृषि क्षेत्रमा लाग्न सीप एवं तालिम प्रदान गरी अनुदानको व्यवस्था गर्नुपर्दछ । कृषि उपजको बजार ब्यवस्थापन गरी हौसला प्रदान गर्नुपर्दछ । अतः मौलिक बिउबिजनद्वारा उत्पादित उत्पादनको म्यादस्थापन गर्न सके हाम्रो मौलिक बिउबिजन जोगाउन सकिन्छ ।
ख) कृषिकर्मलाई सम्मानित कर्मका रूपमा स्थापित गर्न के के गर्नुपर्ला ?
उत्तर :
उत्तर :
कृषि पेसालाई समाजमा प्रतिष्ठित बनाउन सरकार र नागरिक दुवैको संयुक्त प्रयास आवश्यक हुन्छ । यसका लागि निम्न कार्यहरू गर्नुपर्छ :
- •युवा पुस्ता तथा आफ्ना सन्ततिलाई कृषि क्षेत्रमा काम गर्न उत्प्रेरित गर्नुपर्ला ।
- •सरकारले कृषि क्षेत्रका लागि छुट्याइने बजेट वृद्धि गर्नुपर्ला ।
- •कृषकहरूको दक्षता र आत्मविश्वास बढाउन तालिमको व्यवस्था गर्नुपर्ला ।
- •कृषि उपजको उचित निर्यात तथा प्रवर्द्धनका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ला ।
- •कृषि विद्यालय एवं विश्वविद्यालय स्थापना गरी स्वरोजगारको वातावरण तयार गर्नुपर्ला ।
- •कृषि विमाको उचित व्यवस्था गर्नुपर्ला ।
७. उत्तर लेख्नुहोस् :
क) कृषिकर्म किन मानवजातिको अस्तित्वसँग गाँसिएको छ ?
उत्तर :
उत्तर :
कृषि मानव जीवनको आधारभूत आवश्यकता पूरा गर्ने मुख्य क्षेत्र भएकाले मानव अस्तित्व यससँग अभिन्न रूपमा जोडिएको छ । मानिसका लागि आवश्यक अन्न उत्पादन कृषि क्षेत्रबाटै हुने भएकाले कृषि बिना मानव जीवनको निरन्तरता सम्भव हुँदैन । मानव सभ्यताको विकासदेखि आजसम्म कृषि मानिसको जीवन धान्ने प्रमुख आधारका रूपमा रहेको छ । मानिसले उपभोग गर्ने धेरै वस्तु कृषि उत्पादनमै निर्भर छन् । त्यस्तै, मानवबाहेक अन्य जीवजन्तुको जीवन पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि उत्पादनसँग सम्बन्धित छ । वैज्ञानिक रूपमा खाना नखाई बाँच्न सक्ने प्रविधि विकास नभएसम्म मानव जातिको अस्तित्व कृषिमै निर्भर रहन्छ ।
ख) वनजङ्गल र कृषिको सम्बन्ध कस्तो छ ?
उत्तर :
उत्तर :
वनजङ्गल र कृषि एकअर्काबाट लाभ प्राप्त गर्ने परस्परपूरक क्षेत्र हुन् । वनबाट प्राप्त पातपतिङ्गर कृषिका लागि प्राकृतिक मलको स्रोत बन्छन् । कृषिमा हुने सिँचाइबाट वनस्पतिले पनि आवश्यक पानी प्राप्त गर्न सक्छन् । एक वनस्पतिबाट प्राप्त पोषक तत्त्व अर्को वनस्पतिले प्रयोग गर्न सक्ने भएकाले प्राकृतिक चक्र कायम रहन्छ । वनजङ्गलमा पाइने केही वनस्पतिबाट निस्कने बास्ना तथा प्राकृतिक तत्त्वले कृषि बालीलाई रोगबाट बचाउन सहयोग पुर्याउँछन् । गाईवस्तुले नखाने वनस्पतिका पातबाट कृषि प्रयोजनका औषधि बनाउन सकिन्छ । अर्कोतर्फ, कृषिबाट निस्केका अन्नपात कुहिएपछि वनजङ्गललाई पोषण प्राप्त हुन्छ । यसरी दुवै क्षेत्रबीच सहअस्तित्वको सम्बन्ध कायम रहेको देखिन्छ ।
ग) जैविक मल र औषधि कसरी बनाउन सकिन्छ ?
उत्तर :
उत्तर :
जैविक मलका लागि घरमै उपलब्ध हुने विभिन्न सामग्रीलाई निश्चित अनुपातमा मिसाउन सकिन्छ । ठूलो भाँडामा दुईसय लिटर पानी राखी त्यसमा दश लिटर गहुँत, दश किलो गोबर, एक किलो गुँड, एक किलो दालको पिठो र वरपिपलको फेदबाट लिइएको एक मुठी माटो हालेर राम्ररी मिसाउनुपर्छ । त्यसपछि मिश्रणलाई ढाकेर तीन दिनसम्म राख्नुपर्छ र बिहान तथा बेलुका लौराले चलाउनुपर्छ । तीन दिनपछि तयार भएको मिश्रण जैविक मलका रूपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, गाईवस्तुले नखाने खालका दस बाह प्रकारका रुखका पातलाई गहुँतमा मिसाई खोसार्नी, लसुन, वेसार, वोझो जस्ता जडीवुटी थप्दा जैविक औसधि तयार गर्न सकिन्छ ।
घ) आच्छादन प्रक्रियाका फाइदाहरू बताउनुहोस् ।
उत्तर :
उत्तर :
आच्छादनले माटो तथा बालीको संरक्षणमा सहयोग गर्नुका साथै उत्पादन प्रक्रियालाई प्रभावकारी बनाउँछ । यसका प्रमुख फाइदाहरू यसप्रकार छन् :
- •अनावश्यक झारपात उम्रिने सम्भावना घट्छ ।
- •माटोमा आवश्यक चिस्यान सुरक्षित रहन्छ ।
- •झारपात कुहिएर प्राकृतिक मलमा परिणत हुन्छ ।
- •माटोको उर्वरा शक्ति बढ्छ ।
- •कृषि उत्पादनमा वृद्धि हुन्छ ।
- •रासायनिक मल खरिद गर्ने खर्च कम हुन्छ ।
- •स्वस्थ र ताजा खाद्यान्न उत्पादन गर्न सकिन्छ ।
ङ) कृषि कर्मका बारेमा तपाईँका विचारहरू प्रस्तुत गर्नुहोस् ।
उत्तर :
उत्तर :
कृषि कर्म मानिसको जीवन धान्ने आधार भएकाले यसको महत्त्व अत्यन्त ठूलो छ । कृषिबाट प्राप्त खाद्यान्नले मानिसको आवश्यकता पूरा गर्छ भने यसैमा आधारित उत्पादनले अन्य प्राणीहरूको जीवनलाई पनि निरन्तरता दिन्छ । नेपालमा करिब दुई तिहाई जनसङ्ख्या कृषि क्षेत्रमा आश्रित भएकाले राष्ट्रिय विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । जैविक दृष्टिले सम्पन्न नेपालमा भौगोलिक तथा प्राकृतिक विविधतालाई उपयोग गर्ने गरी कृषि रणनीति निर्माण गर्नुपर्छ ।
कृषि विकासका क्रममा परम्परागत ज्ञान र अनुभवलाई हराउन दिनु हुँदैन । मौलिक बिउबिजनलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आवश्यकताअनुसार आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ । कृषिलाई सम्मानित कर्मका रूपमा स्थापित गर्न राज्य, किसान र नागरिक सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । कृषि केवल किसानको जिम्मेवारी नभई मानव जीवनसँग जोडिएको विषय भएकाले प्रत्येक व्यक्तिले आफ्नो स्तरबाट कृषि कार्यमा योगदान गर्न सकेमा यस क्षेत्रको विकास अझ प्रभावकारी हुन सक्छ ।
८. समीक्षात्मक उत्तर दिनुहोस् :
क) दिगो कृषि पद्धतिका लागि के कस्ता कुरामा ध्यान पुर्याउनु पर्छ ?
उत्तर :
उत्तर :
‘कृषिशालामा एक दिन’ पाठले कृषि क्षेत्रलाई वर्तमान आवश्यकतासँगै भविष्यका पुस्ताका लागि पनि सुरक्षित राख्ने दृष्टिकोण प्रस्तुत गर्छ । दिगो कृषि प्रणाली निर्माण गर्न परम्परागत ज्ञान र अनुभवलाई संरक्षण गर्दै त्यसलाई वैज्ञानिक प्रविधिसँग जोड्नुपर्छ । नेपालको भौगोलिक अवस्था, जैविक विविधता र पारिस्थितिक प्रणालीलाई ध्यानमा राखेर दीर्घकालीन कृषि रणनीति बनाउनु आवश्यक हुन्छ ।
सरकारले कृषि क्षेत्रका लागि प्रभावकारी नीति निर्माण गरी त्यसको कार्यान्वयनमा पनि ध्यान दिनुपर्छ । परम्परागत कृषि अभ्यासमा रहेका उपयोगी पक्षलाई वैज्ञानिक अनुसन्धानमार्फत सुधार गर्दै भावी पुस्ताका लागि संरक्षण गर्नुपर्छ । कृषिलाई सम्मानित पेसाका रूपमा विकास गर्दै आधुनिक प्रविधि तथा अनुसन्धानको प्रयोग बढाउन आवश्यक छ ।
दिगो कृषि विकास एकल प्रयासबाट सम्भव हुँदैन । कृषि वैज्ञानिक, अनुसन्धानकर्ता, नीति निर्माता, जिम्मेवार पदाधिकारी, कृषि अभियन्ता, किसान तथा युवा पुस्ताको सामूहिक सहभागिता आवश्यक हुन्छ । युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सीप, तालिम तथा आवश्यक अवसर उपलब्ध गराउनुपर्छ । यसरी प्राकृतिक स्रोतको संरक्षण, परम्परागत ज्ञानको निरन्तरता, वैज्ञानिक प्रविधिको प्रयोग र सामूहिक प्रयासलाई एकसाथ अघि बढाउन सकेमा दिगो कृषि विकास हासिल गर्न सकिन्छ ।
ख) "वातावरण प्रदुषणको मूल कारण मान्छे नै भएकाले यसको समाधान पनि मानिसले नै गर्नुपर्छ ।" संवादात्मक सन्दर्भ समेत ख्याल गरी आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।
उत्तर :
उत्तर :
वातावरण प्रदूषण भन्नाले जलवायु तथा भूमिको भौतिक, रासायनिक र जैविक पक्षमा देखिने अस्वाभाविक परिवर्तन तथा जल, जमिन, हावा, ध्वनि, तापीय र रेडियोधर्मी प्रदूषणबाट उत्पन्न समग्र अवस्था बुझिन्छ । यसको ठूलो कारण मानव गतिविधि भएकाले प्रदूषण नियन्त्रण गर्ने दायित्व पनि मानिसकै हो ।
प्राकृतिक वातावरण आफैँ बिग्रिँदैन । मानिसले आफ्नो सुविधा र विकासका क्रममा सञ्चालन गरेका अव्यवस्थित गतिविधिले प्रकृतिको सन्तुलनमा असर पार्दा प्रदूषण उत्पन्न हुन्छ । अव्यवस्थित बसोवास र वनजङ्गल विनाश यसका प्रमुख कारण हुन् । त्यसबाहेक आणविक शस्त्रास्त्रको निर्माण तथा परीक्षण, रासायनिक मल तथा विषादीको प्रयोग, उद्योग तथा अस्पतालबाट निस्कने फोहोर र वन विनाशले भूमिलगायत वातावरणका विभिन्न पक्षमा असर पार्छन् । उद्योग तथा सवारी साधनबाट निस्कने चर्को आवाजले ध्वनि प्रदूषण बढाउँछ । आणविक विस्फोटन तथा कीटनाशक औषधीको प्रयोगले पृथ्वीको तापमान बढाउन तथा वातावरणीय समस्या विस्तार गर्न योगदान पुर्याउँछ ।
मानिसकै कारण उत्पन्न समस्याको समाधानका लागि पनि मानवले नै जिम्मेवारी लिनुपर्छ । प्राकृतिक स्रोत तथा साधनलाई आवश्यकता र क्षमताअनुसार विवेकपूर्ण रूपमा प्रयोग गर्नुपर्छ । वनजङ्गल, हावापानी र पानीका स्रोतको संरक्षणसँगै जैविक विविधता तथा पारिस्थितिक प्रणालीलाई प्राथमिकता दिनुपर्छ । विकास र उद्योग सञ्चालन गर्दा वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव नपर्ने उपाय अपनाउन आवश्यक हुन्छ ।
वातावरण जोगाउन वृक्षरोपण, पानीका मुहानको संरक्षण, सरसफाइ तथा प्राकृतिक स्रोतको संरक्षणजस्ता कार्यलाई निरन्तरता दिनुपर्छ । मानिसले आफ्ना व्यवहार र विकासका गतिविधिलाई प्रकृतिमैत्री बनाउन सकेमा प्रदूषण नियन्त्रण गरी वातावरणीय सन्तुलन कायम गर्न सकिन्छ ।
९. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
क) नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ ?
=> उत्तर: नेपालले अन्तरास्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने र व्यापार व्यवसायको प्रवर्धन गर्ने उदेश्य लिएर आफ्नै स्रोतसाधनको प्रयोग गरी आर्थिक विकास र गरिबी निवारणको वाणिज्य नीति अवलम्बन गरेको छ ।
ख) राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ ?
=> उत्तर: राजस्वमा वृद्धि लघु, घरेलु उद्योगलाई प्रोत्साहित गर्दै नेपाली माटो सुहाउँदो अर्थतन्त्र निर्माणतिर लगेर गर्न सकिन्छ ।
ग) देशको समृद्धिमा निजी क्षेत्रको भूमिका कस्तो हुन्छ ?
=> उत्तर: निजी क्षेत्रले आफ्नै देशमा रोजगार सिर्जना गर्न सक्ने र राज्यको अर्थव्यवस्थालाई मजबुद बनाउने भएकाले देशको समृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण भुमिका हुन्छ।
**घ) जैविक विविधता र गरिबी निवारण पदावलीको अर्थ लेख्नुहोस् ।
| पदावली | अर्थ |
|---|---|
| जैविक विविधता | जीवनको विविधतामय अस्तित्व |
| गरिबी निवारण | गरिबी हटाउने कार्य |
📝 व्याकरण
१. दिइएको गद्यांशमा रेखाङ्कन गरिएका पदावलीलाई एउटै समस्त शब्द बनाई लेख्नुहोस् :
| पदावली | समस्त शब्द |
|---|---|
| भानिज दाइ | भान्दाइ |
| वाद र विवाद | वादविवाद |
| प्रत्येक दिन | प्रतिदिन |
| रोगले ग्रस्त | रोगग्रस्त |
| लोकको हित | लोकहित |
| अन्न र जल | अन्नजल |
| प्रत्येक वर्ष | प्रतिवर्ष |
| गाउँको पालिक | गाउँपालिका |
| हिमको आलय | हिमालय |
| जीवनरुपी गीत | जीवनगीत |
| कूपको मण्डुक | कूपमण्डुक |
२. दिइएको अनुच्छेदका गाढा शब्दलाई विग्रह गरी देखाउनुहोस् :
| समस्त शब्द | विग्रह |
|---|---|
| सान्नानी | सानी नानी |
| पूजासाम्रागी | पूजाका लागि साम्रागी |
| बाटापारि | बाटो पारि |
| पीताम्बर | पीत छ अम्बर जसको |
| बाघचाल | बाघको चाल |
| नियमपूर्वक | नियम पूर्वक |
| आजभोलि | आज भोलि |
| धर्मकर्म | धर्म र कर्म |
| चक्रपाणि | चक्र छ पाणिमा जसको |
| दोधार | दुई धारको समूह |
| चौबन्दी | चार बन्दीको समूह |
| माखिबुट्टे | माखाको जस्तो बुट्टा भएको |
| पञ्चामृत | पाँच अमृतको समूह |
| फूलपाती | फूल र पाती |
| सयपत्री | सय पत्र छन् जसका |
| लालुपाते | लाल छ पात जसको |
| पल्लाघर | पल्लो घर |
| नीलकण्ठ | नील छ कण्ठ जसको |
| षड्दर्शन | छ दर्शनको समूह |
| अष्टाध्यायी | आठ अध्यायहरुको समूह |
३. पाठबाट समस्त शब्द खोज्नुहोस् र ती शब्द कसरी बनेका हुन्, बताउनुहोस् :
| समस्त शब्द | विग्रह |
|---|---|
| भाइबहिनी | भाइ र बहिनी |
| स्नातकोत्तर | स्नातक उत्तर |
| पढेलेखेको | पढेको लेखेको |
| यतातिर | यता तिर |
| महत्वाकाङ्क्षी | महत्व आकाङ्क्षी |
| कृषिकर्म | कृषिको कर्म |
| फलफूल | फल र फूल |
| वरपिपल | वर र पिपल |
| गाईवस्तु | गाई र वस्तु |
| बोटविरुवा | बोट र बिरुवा |
| खेतबारी | खेत र बारी |
| खाद्यपदार्थ | खाद्य पदार्थ |
४. समस्त शब्द भए विग्रह अनि विग्रहका अवस्थामा भए समस्त शब्द बनाउनुहोस् :
| शब्द | विग्रह |
|---|---|
| महाकवि | महान कवि |
| बाछिटा | बाङ्गो छिटा |
| फेदनटुप्पो | न फेद न टुप्पो |
| नवरस | नौ रसको ससमूह |
| दाजुभाइ | दाजु र भाइ |
| हाडेओखर | हाड जस्तो ओखर |
| हृष्टपुष्ट | हृष्ट र पुष्ट |
| ऋणनधन | न ऋण न धन |
| सप्तमातृका | सात मातृकाको समूह |
| बाढीपीडित | बाढीले पीडित |
| चौपाया | चार पाउ भएको |
| चरिनङ्ग्रे | चराको जस्तो नङ्ग्रा भएको |
| जुँगामुठा | मुठा जत्रा जुँगा भएको |
| बोकेदारी | बोकाको जस्तो दारी छ जसको |
| चन्द्रबिन्दु | चन्द्र जस्तो बिन्दु |
| लमकन्ना | लामा कान छन् जसका |
| कालीमाटी | कालो माटो भएको |
| लम्बोदर | लम्ब उदर भएको |
| लामखुट्टे | लामा खुट्टा भएको |