Class 12nepaliParaphrased Variant #1
Verified Exam Solutions

Birhini Damayanti

12 nepali - Birhini Damayanti

Topic:Birhini Damayanti
Comprehensive Note13 min readSEE / NEB Aligned1202 Reads
Font Size:

विरहिणी दमयन्ती — अभ्यास तथा अध्ययन नोट


१. शब्दभण्डार

(१) शब्द र अर्थ

  • संयत: मर्यादा वा सीमाभित्र रहेको
  • धूमिल: स्पष्ट नदेखिने
  • कर्कोटक: पुराणप्रसिद्ध आठ नागमध्ये एक
  • कन्दमूल: माटामुनि जराका रूपमा फल्ने डल्लो वा लामो फल
  • किंकर्तव्यविमूढ: बिलखबन्द, यसो गरूँ कि उसो गरूँ भई जिल्ल परेको
  • निषाद: एक प्राचीन जाति
  • वल्कल: रुखको बोक्राद्वारा बनेको पोसाक
  • सैरन्ध्री: रूपसज्जाको काममा खटिएकी सेविका
  • शिंशपा: एक जातको रुख (सिसौ)
  • देहयष्टि: लौरो झैँ दुब्लो शरीर
  • दुकूल: रेशमी पछ्यौरा
  • सार्थवाह: व्यापारी लस्करको मुखिया

(२) एक शब्दमा पहिचान

  • (क) आकाशमा उत्तरदेखि दक्षिणसम्म ज्योतिपुञ्जका रूपमा फैलिएका साना साना नक्षत्रको समूह \rightarrow तारामण्डल
  • (ख) गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि \rightarrow यक्ष वा गन्धर्व
  • (ग) बस्न र केही राख्न हुने गरी गाराको सट्टा थाम हाली बनाइएको घरको गाराको बाहिरी भाग \rightarrow पिँढी
  • (घ) सुसार गर्ने काममा खटिएको \rightarrow सुसारे
  • (ङ) जनसाधारणको बसोबास भएको ठाउँ \rightarrow जनपद

(३) टुक्का र वाक्य प्रयोग

  • सुइँकुच्चा ठोक्नु

  • वाक्य: आफूले गरेको गल्तीका कारण गोपाल रातारात गाउँ छाडेर सहरतिर सुइँकुच्चा ठोकेछ।

  • लम्पसार पर्नु

  • वाक्य: आफ्नो गल्ती महसुस गरेपछि हरि गाउँलेहरूसामु लम्पसार परेको छ।

  • आँखा लाग्नु

  • वाक्य: हरि र सीताको सुखी जीवनमा दैवको आँखा लागेझैँ उनीहरू आज छुट्टिएर बसेका छन्।

  • मुख फोर्नु

  • वाक्य: सधैँ चुप लागेर बस्ने अनिताले अन्याय सहन नसकेपछि आज सासुसामु मुख फोरेर आफ्नो कुरा राखिन्।

  • तातो लाग्नु

  • वाक्य: वर्षभरि पढाइमा ध्यान नदिएपछि परीक्षाको अघिल्लो दिन मात्र तातो लागेर के गर्नु?

  • तेल लगाउनु

  • वाक्य: धरान जान लागेका रामले बुबालाई खुसी पार्न तेल लगाउँदै छ।

  • सोत्तर हुनु

  • वाक्य: पाक्ने बेलामा बाँदरको समूह आएर मकैबारी सोत्तर बनाएछ।


(४) विपरीतार्थी शब्द

शब्दविपरीतार्थी शब्द
दिनरात
दुःखीसुखी
उदाइसकेकोअस्ताइसकेको
पराजयविजय
विजितअपराजिता
अपमानसम्मान
सूर्यास्तसूर्योदय
देब्रेदाहिने
वियोगमिलन

(५) पारिभाषिक शब्द र अर्थ (वर्णानुक्रम अनुसार)

अल्फाबेटिकल/शब्दकोशीय क्रम:
'अधिकृत\rightarrowआदेश\rightarrowटिप्पणी\rightarrowनिलम्बन\rightarrowपरिपत्र\rightarrowफर्स्योट\rightarrowबढुवा\rightarrowबेरुजु\rightarrowभरपाई\rightarrowराजस्व\rightarrowसरुवा\rightarrowस्पष्टीकरण`

  • अधिकृत: राजपत्राङ्कित वा सो सरहको कर्मचारी, कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति
  • आदेश: कुनै काम कारबाहीका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा
  • टिप्पणी: कठोर र गूढ अर्थको व्याख्या, टीका विशेष कुरा सम्झाउन लेखिने सानो लेख
  • निलम्बन: पद, अधिकार वा दायित्वबाट रोक्का
  • परिपत्र: विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित व्यक्ति, संस्था वा विभागलाई एकै बेहोरामा पठाइने आधिकारिक पत्र
  • फर्स्योट: लेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम, छिनाफाना
  • बढुवा: तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम, पदोन्नती
  • बेरुजु: रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको
  • भरपाई: कसैले अरूबाट कुनै वस्तु बुझी लिएको प्रमाणको रसिद
  • राजस्व: मालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन
  • सरुवा: सङ्क्रामक, सर्ने किसिमको
  • स्पष्टीकरण: छर्लङ्ग नभएका कुरालाई छर्लङ्ग पार्ने काम

२. बोध र अभिव्यक्ति

(१) कथाका मुख्य घटनाक्रम (आदि, मध्य र अन्त्य)

  • आदि (शुरुआत):
  1. दमयन्ती आफ्ना पति नलको खोजीमा जङ्गलमा एक्लै हिँडिरहनु।
  2. नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती काँधमा बोकेर आफ्नो छाप्रोमा लैजानु।
  3. कर्कोटकले रक्सी खाएर उङ्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्न सफल हुनु।
  • मध्य (बिचको भाग):
  1. जङ्गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट भई दुवै तलाउमा बस्नु।
  2. जङ्गली हात्तीको कुल्चाइबाट सार्थका धेरै व्यक्तिको ज्यान जानु।
  3. सुरुमै रुख चढ्न सफल दमयन्तीसहित दशबाह्र जना मात्र हात्तीको कुल्चाइबाट बच्न सफल हुनु।
  • अन्त्य (समापन):
  1. दमयन्तीले पति नललाई भेट्ने आशामा रूप बदली चेदी जनपद पुग्नु।
  2. चेदीमा आफ्नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही नलसँग मिलनको प्रतीक्षा गर्नु।

(२) प्रश्नोत्तर

  • (क) दमयन्ती जङ्गलमा किन एक्लै हिँडिरहेकी हुन् ?

  • उत्तर: नलसँगको वियोग सहन नसकेकी दमयन्ती आफ्ना प्रिय पति नलको खोजीमा जङ्गलमा एक्लै भौँतारिँदै हिँडेकी हुन्।

  • (ख) दमयन्तीले यात्रा गरेका मुख्य ठाउँ कुन कुन हुन् ?

  • उत्तर: दमयन्तीले कर्कोटक नागहरूको बस्तीमा रहेको नागयुवकको छाप्रो, बस्ती नजिकको घनघोर जङ्गल, सानो खोला, पद्मसौगन्धिक तलाउ र चेदी जनपदजस्ता मुख्य स्थानहरूमा यात्रा गरेकी छन्।

  • (ग) जङ्गली हात्तीको आक्रमणबाट बच्न दमयन्ती कसरी सफल भइन् ?

  • उत्तर: जङ्गली हात्तीको आक्रमण हुन थालेपछि दमयन्ती एउटा अग्लो रुखमा चढेर बसेकी थिइन्। त्यसैले उनी हात्तीको कुल्चाइबाट जोगिन सफल भइन्।


(३) घटनाक्रम (क्रम मिलाइएको)

  1. (क) आफ्ना पति नलको खोजीमा दमयन्ती जङ्गलमा एक्लै हिँडिरहनु।
  2. (ख) नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती बोकेर लैजानु।
  3. (ग) कर्कोटकले रक्सी खाएर उड्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्न सफल हुनु।
  4. (घ) जङ्गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट हुनु।
  5. (ङ) शुचिभद्रको सार्थसँगै हिँडेकी दमयन्ती पद्मसौगन्धिक तलाउमा वास बस्नु।
  6. (च) जङ्गली हात्तीको कुल्चाइबाट सार्थका धेरै व्यक्तिको ज्यान जानु।
  7. (छ) रुख चढ्न सफल दमयन्तीसहित दशबाह्र जना मात्र हात्तीको कुल्चाइबाट बच्न सफल हुनु।
  8. (ज) दमयन्ती चेदी जनपद पुग्नु।
  9. (झ) चेदीमा आफ्नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही नलसँग मिलनको प्रतीक्षा गर्नु।

(४) पौराणिक पात्र र तिनको भूमिका

  • नल: निषधका राजा तथा दमयन्तीका पति हुन्। उनी कथामा प्रत्यक्ष रूपमा उपस्थित नभए पनि दमयन्तीको सम्पूर्ण यात्राको मुख्य कारण बनेका छन्।
  • दमयन्ती: नलकी पत्नी तथा कथाकी मुख्य नारी पात्र हुन्। पतिप्रतिको प्रेम र नलको खोजीमा उनले गरेको संघर्षका कारण उनको भूमिका कथामा केन्द्रीय रहेको छ।
  • पुष्कर: नलका भाइ हुन्। कथामा उनी दमयन्तीको सपनामा देखा परेका छन्।
  • नागयुवक: कर्कोटक जातिको नागयुवक हो। उसमा खराब र नकारात्मक प्रवृत्ति देखाइएको छ।
  • शुचिभद्र: एक सेठ तथा सार्थवाह हुन्। उनले दमयन्तीलाई यात्राका क्रममा साथ दिएका कारण उनको भूमिका सहायक रहेको छ।
  • सुबाहु: चेदीका राजा तथा सुनन्दाका पति हुन्। कथामा उनको प्रत्यक्ष भूमिका देखिँदैन।
  • सुनन्दा: दमयन्तीकी ठुलीआमा हुन्। कथाको अन्त्यतिर उनको भूमिका देखिन्छ।

(५) संक्षिप्त प्रश्नोत्तर

  • (क) 'मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिन्छ' भन्नुको तात्पर्य के हो ?

  • उत्तर: मानिसको बाहिरी रूप र शरीर सधैँ एउटै रहँदैन; समयसँगै त्यसमा परिवर्तन आउन सक्छ। त्यसैले मानिसको वास्तविक परिचय उसको रूपबाट होइन, उसको विचार, भावना, चरित्र र हृदयको शुद्धताबाट हुन्छ। दमयन्तीले आफ्नो रूप परिवर्तन गरे पनि उनको विचार र हृदय पवित्र थियो। यसबाट मानिसको वास्तविक मूल्य उसको बाहिरी स्वरूपमा नभई आन्तरिक गुणमा निर्भर हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ।

  • (ख) दमयन्तीले आफ्नो रूप किन बदलेकी हुन् ?

  • उत्तर: नागयुवकजस्ता दुष्ट व्यक्तिबाट आफूलाई सुरक्षित राख्न र भविष्यमा त्यस्ता व्यक्तिले आफूलाई सजिलै पहिचान गरी आक्रमण गर्न नसकून् भन्ने उद्देश्यले दमयन्तीले आफ्नो रूप परिवर्तन गरेकी हुन्। उनले आफूलाई कुरूप र बौलाहीजस्तो देखाएर आफ्नो सुरक्षाको उपाय अपनाएकी हुन्।


(६) अनुच्छेद आधारित प्रश्नोत्तर

  • (क) माथिको अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ ?

  • उत्तर: अनुच्छेदमा रातको समयमा देखिने कालोनिलो आकाश, तारामण्डल र प्रकृतिको मनमोहक दृश्यको चित्रण गरिएको छ। बाहिरी प्रकृति सुन्दर र शान्त देखिए पनि दमयन्तीको मन भने पीडा र वेदनाले व्याकुल छ। त्यसैले यसमा सुन्दर रात्रीकालीन प्राकृतिक परिवेशसँगै दमयन्तीको विक्षिप्त मानसिक अवस्थाको पनि प्रभावकारी चित्रण गरिएको छ।

  • (ख) आकाश र दमयन्तीको हृदयका बिच के समानता छ ?

  • उत्तर: जसरी पातला बादलले सुन्दर आकाशलाई धूमिल बनाएका छन्, त्यसरी नै पीडा र वियोगले दमयन्तीको सुन्दर हृदयलाई दुःखले ढाकेको छ। दुवै बाहिरबाट सुन्दर भए पनि कुनै आवरणले त्यसको सुन्दरतालाई धूमिल बनाएको समानता देखिन्छ।


(७) समीक्षात्मक उत्तर

  • (क) 'नारी प्रेम र संघर्षका प्रतिमूर्ति हुन्' यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस्।

  • उत्तर: बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दीक्षितद्वारा रचित 'विरहिणी दमयन्ती' पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो। यस कथामा पतिवियोगको पीडा, प्रेम, साहस र संघर्षलाई दमयन्तीको यात्रामार्फत प्रस्तुत गरिएको छ।
    पति नल जङ्गलमा हराएपछि दमयन्ती उनको खोजीमा एक्लै निस्कन्छिन्। नलप्रतिको गहिरो प्रेमका कारण उनी जङ्गलका फूल, पात, चराचुरुङ्गी र पशुपन्छीमा समेत नलकै रूप देख्छिन्। वियोगको पीडाले उनको मन अत्यन्त व्याकुल भए पनि उनी आफ्नो उद्देश्यबाट पछि हट्दिनन्।
    यात्राका क्रममा कर्कोटक नागयुवकले उनलाई जबर्जस्ती आफ्नो छाप्रोमा लैजाँदा पनि उनले बुद्धिमानीपूर्वक त्यहाँबाट उम्किने उपाय निकाल्छिन्। त्यसपछि आफूलाई सुरक्षित राख्न आफ्नो रूप परिवर्तन गर्छिन्। सार्थवाह शुचिभद्रसँग यात्रा गर्ने क्रममा जङ्गली हात्तीको आक्रमणबाट समेत बच्न सफल हुन्छिन्। अन्ततः चेदी जनपद पुगेर आफ्नो परिचय लुकाउँदै सैरन्ध्रीका रूपमा बस्छिन् र नलसँग पुनः भेट हुने आशा कायम राख्छिन्।
    यसरी दमयन्तीले आफ्नो प्रिय पति प्राप्तिका लागि अनेकौँ कठिनाइ, पीडा र जोखिम सहँदै निरन्तर संघर्ष गरेको देखिन्छ। उनको अटल प्रेम, साहस, धैर्य र संघर्षका आधारमा नारी प्रेम र संघर्षका प्रतिमूर्ति हुन् भन्ने भनाइ पुष्टि हुन्छ।

  • (ख) दमयन्तीले आफ्नो जीवनमा आइपरेका समस्याको समाधानका लागि कुन कुन उपाय अवलम्बन गरेकी छन् ?

  • उत्तर: बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दीक्षितद्वारा रचित 'विरहिणी दमयन्ती' पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो। कथामा दमयन्तीले पतिवियोगपछि अनेकौँ समस्या सामना गर्दै बुद्धि, साहस र धैर्यका साथ समाधान खोजेकी छन्।
    कर्कोटक नागयुवकले उनलाई जबर्जस्ती आफ्नो छाप्रोमा लगेपछि उनले परिस्थितिलाई बुझेर उसलाई मदिरामा मस्त बनाइन् र झुपडीमा आगो लगाएर त्यहाँबाट भाग्न सफल भइन्। त्यसपछि जङ्गलमा हिँड्दा आफूलाई कसैले सजिलै पहिचान गरी आक्रमण गर्न नसकोस् भनेर आफ्नो रूप परिवर्तन गरिन्।
    सार्थवाह शुचिभद्रसँग भेट भएपछि उनी उसको सार्थसँगै यात्रा गर्न थालिन्। पद्मसौगन्धिक तलाउमा वास बसेका बेला जङ्गली हात्तीको आक्रमणबाट बच्न उनी अग्लो रुखमा चढिन्। त्यसपछि नलको खोजीलाई निरन्तरता दिँदै चेदी जनपद पुगिन्। त्यहाँ आफ्नो वास्तविक परिचय लुकाउन सैरन्ध्रीको भेष धारण गरी सुनन्दाको घरमा बस्ने उपाय अपनाइन्।
    यसरी दमयन्तीले समस्याबाट भाग्नुको सट्टा बुद्धि, साहस, धैर्य, भेष परिवर्तन र परिस्थितिअनुकूल निर्णयको प्रयोग गरी एकपछि अर्को कठिनाइ पार गरिन्।

  • (ग) आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा 'विरहिणी दमयन्ती' कथाका आधारमा पुष्टि गर्नुहोस्।

  • उत्तर: बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दीक्षितद्वारा रचित 'विरहिणी दमयन्ती' पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो। कथामा पतिवियोगपछि दमयन्तीले नललाई खोज्ने आफ्नो दृढ सङ्कल्प पूरा गर्न गरेको संघर्षलाई प्रस्तुत गरिएको छ।
    नलसँग सुखी जीवन बिताइरहेकी दमयन्ती पति हराएपछि अत्यन्त दुःखी र विरहिणी बन्छिन्। तर दुःख र पीडाले उनको सङ्कल्पलाई कमजोर बनाउन सक्दैन। उनी घनघोर जङ्गलमा एक्लै नलको खोजीमा हिँड्छिन्। बाटोमा कर्कोटक नागयुवकको समस्यामा परे पनि बुद्धि प्रयोग गरेर त्यहाँबाट उम्किन्छिन्।
    आफ्नो सुरक्षाका लागि रूप परिवर्तन गर्छिन्, जङ्गली हात्तीको आक्रमणबाट बच्न रुखमा चढ्छिन् र त्यसपछि पनि नलको खोजी रोक्दिनन्। अन्ततः चेदी जनपद पुगेर आफ्नो वास्तविक परिचय लुकाउँदै सैरन्ध्रीको रूपमा बस्छिन्। यसरी उनले आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर धैर्य, साहस, बुद्धि र संघर्षको परिचय दिएकी छन्।
    अतः दृढ सङ्कल्प भएको मानिसले जस्तोसुकै कठिन परिस्थिति आए पनि आफ्नो उद्देश्य पूरा गर्न संघर्ष गर्न तयार हुन्छ भन्ने कुरा दमयन्तीको चरित्रबाट स्पष्ट हुन्छ।


(८) अनुच्छेद आधारित प्रश्नोत्तर

  • (क) किन मनलाई कल्पनाको कारक मानिएको हो ?

  • उत्तर: संसारको कल्पना गर्ने एक मात्र इन्द्रिय भएकाले मनलाई कल्पनाको कारक मानिएको हो।

  • (ख) मन नित्य परिवर्तनशील छ भन्नुको तात्पर्य के हो ?

  • उत्तर: मन नित्य परिवर्तनशील छ भन्नुको तात्पर्य मनको अवस्था र विचार सधैँ एउटै रहँदैनन्, निरन्तर परिवर्तन भइरहन्छन् भन्ने हो।

  • (ग) आत्मज्ञानीहरूका विचारमा मन र संसारको सम्बन्ध कस्तो छ ?

  • उत्तर: आत्मज्ञानीहरूका विचारमा मन र संसार एकअर्कासँग घनिष्ठ रूपमा सम्बन्धित छन्। संसारको अनुभूति मनबाट हुन्छ र मनको अवस्थाले संसारलाई हेर्ने दृष्टिकोण निर्धारण गर्छ।

  • (घ) मनलाई किन सुख र दुःखको कारण भनिएको हो ?

  • उत्तर: मानिसले सुख वा दुःखको अनुभूति गर्ने प्रमुख माध्यम मन भएकाले मनलाई सुख र दुःखको कारण भनिएको हो।


(९) लघु निबन्ध / टिप्पणी

बेरोजगारी समाधानका उपाय

बेरोजगारी भनेको कुनै व्यक्ति काम गर्न इच्छुक र सक्षम हुँदाहुँदै पनि उपयुक्त रोजगारीको अवसर प्राप्त गर्न नसकेको अवस्था हो। नेपालमा बेरोजगारी बढ्नुका पछाडि प्राविधिक तथा व्यावहारिक शिक्षाको कमी, उद्योगधन्दाको पर्याप्त विकास नहुनु, कृषि क्षेत्रमा आधुनिकताको अभाव, पर्यटनको सम्भावनाको पूर्ण उपयोग नहुनु तथा सरकारी रोजगारीप्रतिको अत्यधिक निर्भरता आदि कारण छन्।

यस समस्याको समाधानका लागि विद्यालय तहदेखि नै प्राविधिक तथा व्यावहारिक शिक्षा विस्तार गर्नुपर्छ। कृषि क्षेत्रमा आधुनिक प्रविधि, आवश्यक उपकरण र लगानीको व्यवस्था गरी युवालाई कृषितर्फ आकर्षित गर्नुपर्छ। पर्यटन क्षेत्रको योजनाबद्ध विकाससँगै नयाँ उद्योग तथा व्यवसाय स्थापना गर्न प्रोत्साहन दिनुपर्छ। स्वदेशमै रोजगारी सिर्जना गर्न युवालाई सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण तथा उद्यमशीलताको अवसर प्रदान गर्न आवश्यक छ।

बेरोजगारी व्यक्तिगत मात्र नभई राष्ट्रिय समस्या भएकाले यसको समाधानमा सरकार, निजी क्षेत्र र नागरिक सबैको संयुक्त प्रयास आवश्यक हुन्छ। प्रभावकारी नीति तथा रोजगारीमुखी कार्यक्रममार्फत युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्न सकिन्छ।


३. व्याकरण

(१) अनुच्छेदमा प्रयुक्त नाम शब्दहरू

  • नाम शब्द: आर्या, रतिया, निकेश, पेम्बा, साथी, सहयोग, माया, दिन, सुख, दुःख, भावना, मनोरञ्जन, समय, प्रकृति, भलाकुसारी, उद्देश्य, वनभोज आयोजना, विचार, व्यवस्थापन, टोलीनेता, सल्लाह, चामल, दाल, तरकारी, दही, दूध, मासु, मह, पाउरोटी, चिया, योजना, दृश्य, अवलोकन, इच्छा, जमात, बिदाइ, गुच्छा, हुल, भेट, भिड, पर्यटक, गाउँले, कुराकानी, फूल, सल्लाघारी, चरा, गाई, बथान, घुमाइ, सिकाइ, अनुभव।

(२) व्यक्तिवाचक नाम (चारओटा)

  • कर्कोटक
  • निषध
  • नल
  • दमयन्ती

(३) कर्मको काम गर्ने नाम र भेदक विशेषण

  • कर्मको काम गर्ने नाम: सौरभ, टोलीनेता, अवलोकन, रगत, साथी, प्रशंसा
  • भेदक विशेषण: सौरभको, गोदावरीका, दृश्यको, आफ्नो, विद्यालयका, उनीहरूको

(४) सर्वनाम र सार्वनामिक विशेषण

  • सर्वनाम: हामी, एकअर्का, जो जो, म, एकआपस, तँ, तिमी, तपाईं, उहाँ, आफैँ, जोसुकै, जेसुकै, कोही, हरेक, जे, आफू, अरू
  • सार्वनामिक विशेषण: जुन, केही, ती

(५) पदवर्ग विचलन भएका र नभएका विशेषण

  • पदवर्ग विचलन भएका विशेषण: ती, केही, त्यो
  • पदवर्ग विचलन नभएका विशेषण: एक वृद्ध, एउटा, चम्किलो, सुन्दर, बहुमूल्य

(६) क्रियायोगी

  • क्रियायोगी शब्दहरू: आउँदा, तत्काल, अहिले, भरे, भोलि, बिस्तारै, कहिल्यै, मात्र, हरबखत, हरपल, हरदिन, हरघडी, आउन, पहिल्याएर, अघि।

(७) नामयोगी र संयोजक

  • नामयोगी: पिच्छे, नजिकै, सँग, कहाँ, भित्र, भर, पछि, बित्तिकै, पट्टि
  • संयोजक: पनि, र, जब, तब

(८) विस्मयादिबोधक र निपात

  • विस्मयादिबोधक: आहा, उः, छ्या, अँ, आबुइ, खै खै, आच्छु, क्याबात
  • निपात: त, नि

(९) पाठको तेस्रो अनुच्छेदमा प्रयुक्त निपात र संयोजक

  • निपात: पनि, नै
  • संयोजक: र, तैपनि

(१०) शुद्ध गरी पुनर्लेखन

नेपाल बहुभाषिक देश हो। यहाँ विभिन्न भाषा बोलिन्छन्। नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको छ। नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो मातृभाषामा पढ्न पाउने, यसको संरक्षण र प्रचारप्रसार गर्न पाउने हक प्रदान गरी सबै भाषालाई समान रूपमा सम्मान गरेको छ। सबै मातृभाषाको संरक्षण र संवर्धनका लागि भाषा आयोगको गठनको व्यवस्था पनि गरेको छ र सोहीबमोजिम भाषा आयोगको गठन पनि भइसकेको छ।

Take Full Chapter Quiz →