📖 एक चिहान
📚 शब्दभण्डार
१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| रुजु | कुनै कुरा ठिक छ कि छैन भनी जाँच्ने काम |
| कविराज | आयुर्वेदिक उपचार गर्ने चिकित्सकको एक उपाधि |
| पेस्की | काम पूरा हुनु पहिले दिइने रकम |
| तल्सिङ | मोहीलाई जग्गा कमाउन दिने व्यक्ति, जग्गाधनी |
| समवेदना | उस्तै दु:खको अनुभव |
| निर्दयी | दया नभएको |
| अकर्मण्य | केही पनि काम नगर्ने, निस्क्रिय |
| मुराद | भित्री आशय |
| सान्त्वना | आश्वासन, ढाडस |
| हथुङ्गा | हातको नाडीदेखि औंलाका टुप्पासम्मको भाग |
| दागबत्ती | शवका मुखमा राख्ने बत्ती |
| कृतज्ञता | अरूले गरेको गुनप्रति धन्यवाद दिने भाव |
२. पाठमा प्रयोग भएका दिइएका शब्दको अर्थ पहिचान गरी लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| गुभाजु | बिरामीहरूलाई झारफुक गर्ने नेवार समुदायको तान्त्रिक व्यक्ति |
| उघाड | सीमा नाघेर भन्नु |
| फोने | विना मागमा आफैँ दिन खोज्नु |
| माचाछी | जोईपोइ बच्चाबच्चीको एकसरो परिवार मात्र |
| नङ्के | कहिल्यै प्राप्त वा अनुभव नभएको कुरा पाउनु |
| बिचा: | क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट दिइने सिधा |
| डल्लेठो | डल्ला फोर्ने काठको हतियार |
| खर्पन | काठमाडौँमा प्रचलित मालसमान बोक्ने साधन |
| क्वेना | बाँध, किनार, कुना, नदीको भुमरी पर्ने किनारको खोच |
३. दिइएका शब्दको उस्तै अर्थ दिने शब्द पहिचान गरी लेख्नुहोस् :
| शब्द | उस्तै अर्थ दिने शब्द |
|---|---|
| दीक्षा | मन्त्रोपदेश |
| सितिमिति | हत्तपत्त |
| उपचार | इलाज |
| पेटपालो | गुजारा |
| मृत्यु | निधन |
| बोली | वाणी |
| मौन | चुप |
| तत्क्षण | तत्काल |
| फजिती | मुस्किल |
| सावगास | शक्ति |
४. दिइएका अनेकार्थक शब्दलाई फरक फरक अर्थ दिने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर :
- •
उत्तर
- •उनले मेरा सबै प्रश्नहरुको उत्तर दिइन् ।
- •उत्तर बाट हावा चलिरहेको छ ।
- •
- •
खरी
- •म खरीको बोटका चढे ।
- •कालो पाटीमा खरीले राम्ररी लेख ।
- •
- •
गोल
- •पृथ्वी गोल छ ।
- •कोभेन्ट्रीको गोल अफसाइडको लागि अस्वीकृत थियो ।
- •
- •
जग
- •राम्रो जग बिना कुनै राम्रो भवन बन्दैन ।
- •मैले जगबाट पानि खाए ।
- •
- •
तान
- •तानमा कपडा बुन्न सजिलो हुन्छ ।
- •तिमी बिस्तारै डोरी तान ।
- •
- •
तर
- •दुधको तरबाट मोही बनाइन्छ ।
- •खोला तर होसियार हुनुपर्छ ।
- •
- •
पत्र
- •मसँग रोबर्टको पत्र थियो ।
- •पत्रपत्रिका पढ्ने बानी राम्रो हो ।
- •
- •
वर
- •नारायणी वर मेरो घर छ ।
- •चौतारीमा वरको रुख छ ।
- •
- •
बाली
- •यसपाली बाली सप्रियो ।
- •हर्केको गाई बाली गएछ ।
- •
- •
रहर
- •मेरो काठमाडौँ सहर घुम्ने रहर छ ।
- •रहरको दाल धेरै महङ्गो भएछ ।
- •
- •
साँचो
- •साँचो बोल्ने बानि सबैले बसाल्नु पर्छ ?
- •साँचोले ताल्चा खोलिन्छ ।
- •
- •
सुर
- •ऊ आफ्नै सुरमा काम गर्छ ।
- •मलाई सङ्गीतको सुर निकै मन पर्छ ।
- •
- •
हार
- •अज्ञानी मान्छेलाई हराउन असम्भव छ ।
- •मैले मेरो प्रेमिकालाई हार उपहार दिए ।
- •
- •
जाली
- •राम निकै जाली भएछ ।
- •जाली नोटको कारोबार दण्डनीय छ ।
- •
५. दिइएका शब्दको श्रुतिसमभिन्नार्थक शब्द लेख्नुहोस् :
| शब्द | श्रुतिसमभिन्नार्थक शब्द |
|---|---|
| दिन | दीन |
| दिशा | दिसा |
| शव | सब |
| बाँस | बास |
| व्यसन | बेसन |
| प्रदान | प्रधान |
| कोस | कोश |
| जाति | जाती |
| फेरि | फेरी |
| खालि | खाली |
| पाश | पास |
| गर्भ | गर्व |
| विष | बिस |
| आदि | आदी |
| पाइन् | पाइन |
| ताप | टाप |
| देखि | देखी |
| सिता | सीता |
६. दिइएका शब्दको समूहवाचक शब्द लेख्नुहोस् :
| शब्द | समूहवाचक शब्द |
|---|---|
| कमिला | ताँती |
| गाईवस्तु | बथान |
| मौरी | गोलो |
| बारुला | गोलो |
| बाँस | घारी |
| दाउरा | खलियो |
| डोरी | माला |
| मानिस | जमात |
| मकै | थाङ्ग्रो |
| भेडा | बथान |
| पराल | कुनिउँ, माँच, टौवा |
| पर्वत | शृङ्खला, श्रेणी |
| सिपाही | फौज, पल्टन |
| धुवाँ | मुस्लो |
७. शिक्षकसँग सोधेर दिइएका प्रतीकात्मक शब्दको अर्थ लेख्नुहोस् :
| प्रतीकात्मक शब्द | अर्थ |
|---|---|
| छेपारो | रङ बदल्ने |
| कुवेर | धनी |
| रामराज्य | सम्पन्न र सुखी राज्य |
| दुर्वासा | रिसाहा |
| दधिची | त्यागी |
| सुदामा | गरिब, निर्धन |
| भीष्म | भयानक |
| बाँदर | आफ्नो घर बिगार्ने अरुको पनि बनाउन नदिने |
| साँढे | मिचाहा |
| जुको | परजीवी |
| सावित्री | सती वा पतिव्रता |
| गङ्गा | पवित्रता |
| स्याल | बाठो |
| ब्वाँसो | धूर्त |
| आकाश | रित्तो वा विशाल |
| एकलव्य | लगनशील वा एक्लो योद्धा |
| मौरी | परिश्रमी |
| लक्ष्मण रेखा | सीमा वा मर्यादा |
| महाभारत | लडाइँ, झगडा |
| कर्ण | दानी, उदारता |
| भेडो | मुर्ख |
| कुम्भकर्ण | सुताहा |
| भगीरथ | प्रयत्न कठिन प्रयास |
| विदुर | ज्ञानी वा विवेकी |
| युधिष्ठिर | धर्मात्मा वा अजेय |
| शकुनि | कपटी वा षडयन्त्रकारी |
| नारद | कुरौटे |
८. कक्षामा छलफल गरी दिइएका सिङ्गो शब्दको अर्थ लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| शाकाहारी | सात्विक भोजन मात्र गर्ने वा माछामासु नखाने |
| मांसाहारी | माछामासु खाने |
| पुङमाङ | दुवैपट्टि खुला भएको ढुङ्ग्रो |
| गृहस्थी | घरबार गरेर बस्ने व्यक्ति |
| अल्लारे | आलोकाँचो अवस्थाको |
| पेवा | निजी |
| दशक | दश वर्षको अवधि |
| शताब्दी | सय वर्षको समय |
| सहस्राब्दी | एक हजार वर्ष |
| शाश्वत | सधैं रहिरहने, चिरस्थायी |
| वात्सल्य | आमाबाबुको सन्तानप्रतिको स्नेह |
| न्वाँगी | नयाँ धानबाली पाकेपछि देवता वा पितृलाई चढाई खाइने दही चामल |
| नाबालक | बालिग हुने उमेर नपुगेको बालक |
| लैनो | भर्खर बियाएको |
| बकेर्नो | दुध थाक्ने बेला भएको दुहुनो |
| सत्पात्र | असल व्यक्ति वा पात्र |
| आद्योपान्त | सुरुदेखि अन्त्यसम्म |
| क्षितिज | पृथ्वी र आकाश जोडिएजस्तो देखिने |
| उपवास | केही नखाई व्रत बस्ने काम |
| सर्वभक्षी | भोज्य र अभोज्य विचार नगरी सबै कुरा खाने |
| ढडिया | माछा समात्ने सोलीजस्तो पासो |
| अभेद्य | प्वाल पार्न नसकिने |
| कटुभाषी | नमिठो बोल्ने |
| अल्पभाषी | थोरै भाषा जान्ने |
| मृदुभाषी | मिठो भाषा बोल्ने |
| बहुभाषी | धेरै भाषा बोल्ने |
| बहुरूपी | धेरै रूप धारण गर्ने |
| अघोरी | जे पायो त्यही खाने |
| कायममुकायम | कार्यबाहक |
| कार्यवाहक | कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार अधिकार लिई अस्थायी रूपमा काम गर्ने कर्मचारी |
| पर्म | आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन |
| अवर्णनीय | वर्णन गर्न नसकिने |
| अव्यक्त | प्रकट नभएको |
| थाती | धरौटी जमानत |
| कलस्यौली | विवाहमा कलश बोकेर जन्तीमा हिँड्ने कन्या |
| अलौकिक | यस लोकमा नहुने वा नपाइने |
९. अन्तरिक्षसँग सम्बन्धित तलका शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाई लेख्नुहोस् र तिनको अर्थ पनि पत्ता लगाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| उल्का | पुञ्ज, धूमकेतु |
| ज्ञेय | जान्न लायक |
| ग्रह | सूर्य र यसको वरिपरि घुम्ने आकाशीय पिण्ड |
| नक्षत्र | तारा, सितारा मोती |
| तारापुञ्ज | आकाशमा देखिने ताराहरूको समुदाय, तारामण्डल |
| धुमकेतु | पुच्छ्रेतारोउल्काका राती आकाशबाट खस्न लागेको वा एक गइरहेको देखिने |
| ब्रह्माण्ड | पृथ्वी, अन्तरिक्ष, ग्रह |
| राशि | क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन लगायत बाह्र ताराहरुको समूह |
| सौर्यमण्डल | सूर्य र यसको वरिपरि घुम्ने ग्रहहरूको समूह |
📖 बोध र अभिव्यक्ति
१. 'एक चिहान' उपन्यासको पहिलो परिच्छेद पढ्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) अष्टनारानले श्रीमती, छोराहरू र छोरीलाई के भनेर सम्झाउँछन् ?
उत्तर :
अष्टनारानले आफ्ना सन्तान जन्माए पनि उनीहरूका लागि गाँसबासको पर्याप्त व्यवस्था गर्न नसकेको दुःख व्यक्त गर्छन् । उनले जीवनभर भगवान्को पूजा गरे पनि आफ्नो दुःख नहटेको कुरा बताउँछन् । त्यसपछि आफ्ना छोराछोरीलाई आमाको दुःख बुझ्न, आमाको हेरचाह गर्न र बहिनीलाई पनि कुनै अवस्थामा हेला नगर्न सम्झाउँछन् । दुःख र अभावका बीच पनि परिवारका सदस्यले एकअर्काप्रति माया, सम्मान र सहयोग कायम राख्नुपर्ने उनको आग्रह हुन्छ ।
(ख) अष्टनारानले आफ्नो काजकिरियाका लागि कस्तो बन्दोबस्त मिलाएका छन् ?
उत्तर :
अष्टनारानले आफ्नो काजकिरियामा लाग्ने खर्चका लागि थोरैथोरै गर्दै पच्चिस रुपियाँ जम्मा गरेका छन् । उक्त रकम उनले छिँडीमा रहेको ढिकीको नजिक खाल्टो खनेर गाडेर राखेका छन् । यसरी आफ्नो मृत्युपछि हुने काजकिरियाका लागि चाहिने रकमको बन्दोबस्त उनले आफैँ गरेका छन् ।
२. दिइएका बुँदालाई समेटेर 'एक चिहान' उपन्यासको परिच्छेद दुई र तीनको सार लेख्नुहोस् :
उत्तर :
अष्टनारान करिब दुई महिनादेखि सिकिस्त बिरामी हुन्छन् । उनको रोग निको पार्न पहिले आफ्नै टोलका गुभाजुबाट एक महिनासम्म उपचार गराइन्छ । त्यसपछि असनका तुयु गुभाजुबाट एक्काइस दिन र माहिला कविराजबाट एक हप्तासम्म उपचार गराउँदा पनि उनको स्वास्थ्यमा सुधार आउँदैन । उल्टै उनको व्यथा अझ बढ्दै जान्छ ।
गाउँमा डाक्टर भए पनि परिवारसँग उपचार गराउने पैसा हुँदैन । अन्ततः काजक्रियाका लागि बचाएर राखिएको पच्चिस रुपियाँ नै बाबुको उपचारमा खर्च गर्ने निर्णय गरिन्छ । शिवनारान डाक्टर गोदत्तप्रसादलाई बोलाउन पुग्छन्, तर उनले शिवनारानको आग्रहलाई खासै महत्त्व दिँदैनन् । बाबुको अवस्था झन् गम्भीर भएपछि पुननारान पनि डाक्टरकहाँ पुग्छन् । दुवै दाजुभाइले अनुरोध गर्दा समेत गोदत्तप्रसाद तुरुन्त जान मान्दैनन् । घर पुगेपछि पाँच रुपियाँ फी दिने कबोल गरेपछि मात्र उनी अष्टनारानलाई हेर्न जाने तयार हुन्छन् ।
३. तलको उपन्यास अंश पढी दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) प्रेम हुन केही गाह्रो छैन भन्नुको तात्पर्य के हो ?
उत्तर :
प्रेम दुई व्यक्तिको मनबीच उत्पन्न हुने आत्मीय भावना भएकाले जात, भाषा, संस्कृति, दूरी वा सुख–दुःखजस्ता बाहिरी कुराले त्यसलाई अनिवार्य रूपमा रोक्न सक्दैनन् । दुई मनबीच मेल भएपछि प्रेम सहजै विकसित हुन सक्छ । त्यसैले प्रेम गर्न वा प्रेममा पर्न कुनै विशेष कठिनाइ हुँदैन भन्ने कुरा उक्त भनाइले जनाउँछ ।
(ख) दिइएको उपन्यास अंशमा प्रेमका सम्बन्धमा कसरी व्याख्या गरिएको छ ?
उत्तर :
उपन्यासांशमा प्रेमलाई मनको स्वाभाविक सम्बन्धका रूपमा प्रस्तुत गरिएको छ । प्रेमका लागि भाषा, संस्कृति, जाति, दूरी वा सुख–दुःखको अवस्था निर्णायक हुँदैन । दुई व्यक्तिको दिल मिल्नासाथ प्रेमको सुरुवात हुन सक्छ । तर उपन्यासकारले अपरिपक्व र क्षणिक भावनामा आधारित अल्लारे प्रेमलाई उचित मानेका छैनन् । आत्मीय र गहिरो प्रेम मात्र टिकाउ हुन्छ, जबकि अल्लारे तथा भावुक प्रेमले अन्ततः दुःख निम्त्याउन सक्छ भन्ने विचार व्यक्त गरिएको छ ।
४. अष्टनारानले मर्ने वेलामा आफ्ना छोरालाई किसानको सिद्धान्तका बारेमा बताएका छन् । उनले बताएका किसानका सिद्धान्त के के हुन्, उपन्यासको छैटौँ परिच्छेद पढी उत्तर लेख्नुहोस् ।
उत्तर :
अष्टनारानले किसानलाई संसारको अन्नदाता मानेका छन् । मानिसको जीवन धान्ने अन्न किसानको श्रमबाट उत्पादन हुन्छ । किसानको रगत र पसिनाको एक–एक थोपा अन्न उत्पादनसँग जोडिएको हुन्छ र संसारको जीवन उनीहरूको मेहनतमाथि निर्भर रहन्छ ।
किसानले आफ्नो कृषि कर्मलाई कहिल्यै छोड्नु हुँदैन । विशेषगरी असारको समयमा खेतीलाई प्राथमिकता दिनुपर्छ । किसानको परिवारमा बाबुको मृत्युजस्तो दुःखद घटना भए पनि असारको खेती बिग्रन नदिन कृषि कार्य गर्नुपर्ने उनको धारणा छ । असार बिग्रियो भने किसानको एक वर्षको सौभाग्य नै बिग्रन सक्छ ।
किसानले श्रमबाट पछि हटेमा उसको अस्तित्व र धर्ममा समेत नकारात्मक असर पर्छ । त्यसैले किसान सधैँ मेहनती, कर्मशील र कृषि कार्यमा तल्लीन रहनुपर्छ भन्ने सिद्धान्त अष्टनारानले आफ्ना छोराहरूलाई बताएका छन् ।
५. मरेपछि गरिने काजक्रिया र दानदक्षिणासम्बन्धी अष्टनारानको विचारसँग तपाईंको सहमति वा विमति के छ, तर्कसहित लेख्नुहोस् ।
उत्तर :
हृदय चन्द्र सिंह प्रधान (वि.सं. १९७२–२०१६) बहुमुखी प्रतिभाका स्रष्टा हुन् । उनको प्रसिद्ध प्रगतिशील उपन्यास एक चिहानले नेपाली समाजको यथार्थ जीवन प्रस्तुत गर्नुका साथै परम्परागत कुसंस्कारमाथि आलोचनात्मक दृष्टि राखेको छ । काठमाडौँको सामाजिक, आर्थिक र शैक्षिक गतिविधिलाई कार्यपीठ बनाएर ज्यापू समाजको वास्तविक जीवनलाई समेत उपन्यासमा प्रस्तुत गरिएको छ ।
नेपाली समाजमा मृत्यु संस्कारसँग जोडिएका विभिन्न चलनहरू लामो समयदेखि चलिआएका छन् । काजक्रिया गर्ने, भोजभतेर खुवाउने, दानदक्षिणा दिने, टीका लगाउने र नातामित्रलाई बोलाएर विचाः गर्ने प्रचलन पनि त्यहीमध्ये पर्छन् । यस्ता परम्परामध्ये केही सांस्कृतिक रूपमा महत्त्वपूर्ण भए पनि अनावश्यक रूपमा खर्चिलो बनाइँदा गरिब परिवारका लागि ठूलो बोझ बन्न सक्छ ।
अष्टनारान यस्ता कुप्रथाको विरोध गर्ने प्रगतिशील पात्र हुन् । उनले आफूले सही ठानेको विचारलाई व्यवहारमा पनि लागू गरेका छन् । उनका छोराहरूले समेत बाबुको विचारलाई अनुसरण गरेका छन् ।
म अष्टनारानको विचारसँग सहमत छु । सामाजिक दबाबका कारण गरिब परिवारले ऋण लिएर भोजभतेर गर्नुपर्ने वा अनावश्यक दानदक्षिणा दिनुपर्ने अवस्था उचित होइन । उपयोगी र मानवीय परम्परालाई कायम राख्दै गरिबलाई आर्थिक संकटमा पार्ने चलनलाई हटाउनुपर्छ । अष्टनारानले जस्तै कुसंस्कारको विरोध गर्दै सरल तथा व्यवहारिक संस्कार अपनाउनु उचित हुन्छ ।
६. 'एक चिहान' उपन्यासमा नेपाली समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ, वर्णन गर्नुहोस् ।
उत्तर :
एक चिहान हृदयचन्द्र सिंह प्रधानद्वारा रचित सामाजिक यथार्थवादी उपन्यास हो । यसमा वि.सं. २०११ सालतिरको काठमाडौँको समाजलाई केन्द्रमा राखेर आर्थिक, सामाजिक र वर्गीय असमानताको वास्तविक अवस्था प्रस्तुत गरिएको छ ।
समाजमा हुनेखाने र विपन्न वर्गबीच ठूलो अन्तर रहेको देखिन्छ । सम्पन्न वर्गले आफ्नो आर्थिक तथा सामाजिक हैसियतको बलमा गरिबहरूलाई दबाउने, विभिन्न जालझेलमा पार्ने र आफ्नै स्वार्थ पूरा गर्ने गरेको पाइन्छ । शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा पनि उनीहरूको पहुँच बढी रहेको छ । उनीहरूले गरिबलाई सहयोग गरेको देखाए पनि त्यसभित्र स्वार्थ लुकेको हुन्छ ।
किसान र श्रमिक वर्गको जीवन भने अत्यन्त कष्टकर छ । दिनरात परिश्रम गर्ने किसानलाई समेत दैनिक जीवन धान्न कठिन हुन्छ । सिकर्मीको आफ्नै घर भत्किएर जीवन जोखिममा पर्ने अवस्था पनि उपन्यासमा देखाइएको छ । जातीय विभेद, रूढिवादी सोच र आर्थिक असमानताले विपन्न वर्गमाथि थप शोषण गरेको छ ।
मृत्यु संस्कारका नाममा दान दिनुपर्ने, ऋण लिएर भए पनि भोज खुवाउनुपर्ने तथा धार्मिक आडम्बर देखाउनुपर्ने सामाजिक बाध्यताको पनि उपन्यासले विरोध गरेको छ । यस्ता परम्परालाई समाजका टाठाबाठाले आफ्नो स्वार्थका लागि प्रयोग गरेका छन् ।
सुब्बा सुरमान र डाक्टर गोदत्तप्रसादजस्ता पात्रले सहयोगको आवरणमा गरिब जनतालाई कसरी शोषण गरिन्छ भन्ने देखाउँछन् । तर शोषणको सीमा बढ्दै जाँदा गरिब वर्गमा सामाजिक चेतना पनि विस्तार हुँदै गएको छ । यसरी उपन्यासले सामाजिक विकृति, शोषण र असमानता हटाई न्यायपूर्ण समाज निर्माण गर्नुपर्ने विचार प्रस्तुत गरेको छ ।
७. 'एक चिहान' उपन्यासका आधारमा दिइएका पात्रको चरित्र चित्रण गर्नुहोस् :
(क) शिवनारान
उत्तर :
शिवनारान अष्टनारानका जेठा छोरा र उपन्यासका प्रमुख पुरुष पात्र हुन् । उनी सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गर्छन् । अन्याय र शोषणको विरोध गर्नु उनको चरित्रको महत्त्वपूर्ण पक्ष हो ।
उनी इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ तथा जागरुक छन् । बाबुको विचारलाई सम्मान गर्ने र त्यसबाट प्रेरणा लिने भएकाले उनी प्रगतिशील सोच भएका पात्र हुन् । परिवारप्रतिको जिम्मेवारी पूरा गर्ने उनी असल पति, असल दाजु तथा असल अभिभावक पनि हुन् । कर्तव्यप्रति सचेत र सकारात्मक व्यवहारका कारण शिवनारान उपन्यासको आदर्श पुरुष पात्रका रूपमा देखिन्छन् ।
(ख) रञ्जनादेवी
उत्तर :
रञ्जनादेवी उपन्यासकी सहायक नारी पात्र हुन् । उनी प्रोफेसरकी छोरी र डाक्टरकी श्रीमती हुन् । शिक्षित तथा सचेत महिला भएकाले उनको सोच अरू सामान्य पात्रभन्दा प्रगतिशील देखिन्छ ।
उनी स्वार्थी प्रेमको विरोध गर्छिन् र नारी तथा पुरुषबीच आपसी समन्वय आवश्यक छ भन्ने विचार राख्छिन् । सकारात्मक सोच, चेतना र आदर्श दृष्टिकोण भएकी रञ्जनादेवी उपन्यासमा शिक्षित नारीको प्रतिनिधि पात्रका रूपमा प्रस्तुत भएकी छन् ।
(ग) नानीथकुँ
उत्तर :
नानीथकुँ अष्टनारानकी छोरी तथा शिवनारानहरूको बहिनी हुन् । उनी उपन्यासकी प्रमुख नारी पात्र हुन् । उनको उमेर करिब १७ वर्ष रहेको र उनी गोरो अनुहार, हिसी परेको शरीर तथा यौवनले धप्प बलेकी सुन्दरीका रूपमा चित्रित भएकी छन् ।
सरल र निश्चल स्वभावकी नानीथकुँ डा. गोदत्तप्रसादको बलात्कारको सिकार हुन्छिन् । त्यस घटनाले उनलाई गहिरो पीडा दिन्छ र उनको कुमारीत्वबाट वञ्चित गराउँछ । पछि उनले तराईवासी खेलावन राउतसँग अन्तरजातीय विवाह गर्छिन् । यसरी उनको चरित्रमा पीडा सहनुपरेकी नारीका साथै सामाजिक रूढिविरुद्ध सकारात्मक कदम चाल्ने महिलाको रूप पनि देखिन्छ ।
८. डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बाका चरित्रमा पाइने समानता के के हुन् एक चिहान' उपन्यासका आधारमा लेख्नुहोस् ।
उत्तर :
डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बा दुवै एक चिहानका खलपात्र अर्थात् नकारात्मक चरित्र हुन् । सामाजिक रूपमा प्रतिष्ठित तथा उच्च वर्गीय भए पनि उनीहरूको सोच दूषित र व्यवहार स्वार्थपूर्ण छ ।
दुवै विवाहित छन् र उनीहरूका छोराछोरी छन् । दुवैको ध्यान नानीथकुँको जवानी प्राप्त गर्नेतर्फ केन्द्रित रहेको देखिन्छ । उनीहरूले आफ्नो सामाजिक हैसियत तथा प्रभावलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न खोज्छन् ।
उनीहरू दुवैमा निर्दयता, स्वार्थ, धूर्तता तथा मानवताहीनता समान रूपमा पाइन्छ । यस कारण गोदत्तप्रसाद र सुरमान सुब्बा शोषक प्रवृत्ति भएका समान प्रकृतिका नकारात्मक पात्र हुन् ।
९. 'एक चिहान' उपन्यासमा हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतका बिचको विवाहबाट उपन्यासले के सन्देश दिन खोजेको छ, स्पष्ट पार्नुहोस् ।
उत्तर :
विवाह दुई आत्माबीच सम्बन्ध स्थापना गर्ने माध्यम हो । यसलाई दाइजो, भोजभतेर वा अनावश्यक आर्थिक प्रदर्शनसँग जोड्नु उचित हुँदैन । एक चिहानमा हर्षनारान–पुतली र नानीथकुँ–रामखेलावन राउतको विवाहमार्फत यही सामाजिक सन्देश प्रस्तुत गरिएको छ ।
दाइजो र भोजभतेरका नाममा धेरै खर्च गर्दा गरिब परिवारमाथि ऋणको भार थपिन्छ । दाइजोका कारण कैयौँ छोरीहरूको घरबारसमेत बिग्रन सक्छ । अष्टनारान यस्ता कुप्रथाप्रति सचेत छन् र उनका सन्तानले पनि दाइजो तथा भतेररहित विवाह गरेर उनको विचारलाई व्यवहारमा उतारेका छन् ।
यी दुई विवाहले दाइजो प्रथा र विवाहमा गरिने फजुल खर्चको विरोध मात्र गरेका छैनन्, त्यसको व्यवहारिक विकल्प पनि देखाएका छन् । विवाहमा मुख्य कुरा दुलाहा र दुलहीबीचको सम्बन्ध हो, सामाजिक प्रदर्शन होइन भन्ने सन्देश यसबाट प्राप्त हुन्छ ।
म यस्तो विचारसँग पूर्ण रूपमा सहमत छु । आफ्नो आर्थिक क्षमताभन्दा बढी खर्च गरेर विवाह गर्दा परिवार लामो समयसम्म ऋणको बोझमा पर्न सक्छ । फजुल खर्च घटाउँदा आर्थिक समस्या कम हुनुका साथै घरेलु हिंसा र अन्य सामाजिक विकृति घटाउन पनि सहयोग पुग्न सक्छ ।
साथै नेवार, पर्वत र मधेसी समुदायबीचको वैवाहिक सम्बन्धले जातीय तथा क्षेत्रीय विभेदभन्दा माथि उठेर आपसी एकता कायम गर्न सकिने कुरा देखाउँछ । यसरी उपन्यासले हिमाल, पहाड, उपत्यका र तराई एकताबद्ध भए मात्र अखण्ड तथा समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
१०. 'एक चिहान' उपन्यासको अन्त्य तपाईंलाई ठिक वा बेठिक कस्तो लाग्यो ? यदि तपाईं त्यसको लेखक हुनुभएको भए यसलाई कसरी अन्त्य गर्नुहुन्थ्यो, आफ्नो विचार लेख्नुहोस् ।
उत्तर :
हृदयचन्द्र सिंह प्रधान प्रगतिशील विचार भएका सामाजिक यथार्थवादी उपन्यासकार हुन् । एक चिहानमा उनले निम्नवर्गीय मानिसको जीवनमा देखिने संघर्ष, अभाव, विवशता र पीडालाई विषय बनाएका छन् । समानता, सामाजिक सुधार, अन्याय र अत्याचारको अन्त्यजस्ता विचार उपन्यासमा सशक्त रूपमा आएका छन् ।
उपन्यासले वि.सं. २०११ सालतिरको निम्नवर्गीय जीवनको यथार्थ चित्र प्रस्तुत गरेको छ । अष्टनारानको उपचारका लागि गुभाजु र कविराजकहाँ जानुपर्ने तथा अन्ततः डाक्टरकहाँ पुग्नुपर्ने अवस्था, उपचार र अन्त्येष्टिका लागि ऋण लिनुपर्ने बाध्यता र निरन्तर श्रम गर्दा पनि सुखको अनुभूति गर्न नसकेको जीवनले गरिबीको कठोर रूप देखाउँछ । हर्षनारान र नानीथकुँको अन्तरजातीय विवाहले जातीय तथा क्षेत्रीय एकताको चेतना पनि अघि सारेको छ । सुरमानको शोषण, डाक्टरको अनैतिकता र अन्यायविरुद्ध उठेका आवाजले उपन्यासलाई सामाजिक रूपमा प्रभावकारी बनाएका छन् ।
मलाई एक चिहानको अन्त्य उपयुक्त लाग्छ । निम्नवर्गीय परिवारको जीवनलाई अत्यन्त मार्मिक ढङ्गले समापन गरिएको छ । उपन्यासको अन्त्य शीर्षकको भावसँग पनि सम्बन्धित रहेको देखिन्छ ।
यदि म यसको लेखक भएको भए मूल अन्त्यलाई यथावत् राख्थेँ । तर शिवनारानको परिवारबाहेक कुनै अर्को आफन्तको उपस्थितिसमेत गराएर गरिबी अन्त्य गर्ने सामूहिक प्रयास र उद्घोषसहित उपन्यासलाई टुङ्ग्याउने थिएँ ।
११. दिइएको उपन्यास अंशबाट मुख्य मुख्य घटना टिप्नुहोस् :
उत्तर :
क शिवनारानको खेतमा रोपाइँको काम सुरु हुनु ।
ख पुननारान र हर्षनारान पनि रोपाइँमा सहभागी हुनु ।
ग शिवनारानका परिवारका सबै सदस्य उत्साहपूर्वक रोपाइँमा व्यस्त हुनु ।
घ अघिल्लो दिनको घटनाका कारण नानीथकुँको मनमा द्वन्द्व रहे पनि उनी अरूसरह खुसी भएर रोपाइँमा लाग्नु ।
ङ रोपाइँको दिन अष्टनारानलाई अत्यन्त प्रिय हुने भएकाले उनको आत्मालाई दुःख नहोस् भनेर नानीथकुँले आफ्नो मनको पीडा भुलेर रोपाइँमा हर्षपूर्वक सहभागी हुनु ।
१२. दिइएको उपन्यास अंशमा आएका पात्रको चरित्रचित्रण गर्नुहोस् :
उत्तर :
दिइएको अंशमा शिवनारान र रामबहादुर नामका पात्रहरू आएका छन् ।
शिवनारानको चरित्रचित्रण
शिवनारान अष्टनारानका जेठा छोरा तथा उपन्यासका प्रमुख पुरुष पात्र हुन् । उनी किसान वर्गको प्रतिनिधित्व गर्छन् र अन्यायको विरोध गर्छन् । उनी इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ तथा जागरुक छन् । आफ्नो परिवार र कर्तव्यप्रति जिम्मेवार रहनु उनको सकारात्मक पक्ष हो ।
रामबहादुरको चरित्रचित्रण
रामबहादुर सुब्बा सुरमानका कारिन्दा तथा नकारात्मक पात्र हुन् । सुरमानकै योजनाअनुसार उनी शिवनारानको घरमा नानीथकुँको हात माग्न पुग्छन् । मानिसलाई कसरी फकाउने र आफ्नो कुरा कसरी स्वीकार गराउने भन्ने कला उनलाई राम्रोसँग थाहा छ ।
उनले शिवनारानसँग आफ्नो उद्देश्य सिधै नभनी घुमाउरो तरिकाले कुरा गर्छन् । गरिबलाई फकाएर असमान विवाह गराउने प्रयास गर्नु उनको खल चरित्रको मुख्य पक्ष हो । तर शिवनारानले उनको चाल बुझेर योजना असफल पारिदिन्छन् । योजना असफल भएपछि रामबहादुर शिवनारानलाई थर्काउँदै र धम्क्याउँदै फर्कन्छन् ।
१३. परिवेश भनेको ठाउँ, समय र वातावरण हो । उपन्यासमा परिवेश महत्त्वपूर्ण र अनिवार्य तत्त्व हो । दिइएको उपन्यास अंश पढ्नुहोस् र त्यसबाट चित्रण गरिएको परिवेशलाई बुँदागत रूपमा लेख्नुहोस् :
उत्तर :
क अंशमा जेठ महिनाको समयगत परिवेश प्रस्तुत गरिएको छ ।
ख वर्षा भइरहेको तथा बर्सात सुरु हुनुअघिको प्राकृतिक अवस्था देखाइएको छ ।
ग रोपाइँ र किसानको दैनिकीका कारण ग्रामीण परिवेश स्पष्ट हुन्छ ।
घ पुराना तथा थोत्रा घरहरू र धेरै वर्षाबाट त्रसित हुनुपर्ने अवस्थाले निम्नवर्गीय आर्थिक परिवेशलाई उजागर गरेको छ ।
१४. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) “उस्तरी बस्ती थिएन” भन्नुको तात्पर्य के हो ?
उत्तर :
“उस्तरी बस्ती थिएन” भन्नाले उक्त ठाउँमा बाक्लो बस्ती नभएको र थोरै मानिस मात्र बसोबास गर्ने अवस्था रहेको भन्ने बुझिन्छ ।
(ख) सम्साँझमै स्याल कराउनका लागि कुन कुराले सहयोग गरेको थियो ?
उत्तर :
तितेपातीका घारी तथा खरीका रुखहरूले सम्साँझमै स्याल कराउने वातावरण बनाउन सहयोग गरेका थिए ।
(ग) कसरी कोटेश्वर आधुनिक जङ्गलमा बदलियो ?
उत्तर :
मानिसका घारीको ठाउँमा आधुनिक भवनहरू निर्माण हुनु तथा बिजुलीका पोल र तारहरू बढ्दै जानुले कोटेश्वरको प्राकृतिक स्वरूप परिवर्तन भयो । यसरी विस्तार हुँदै गएको बस्ती र संरचनाका कारण कोटेश्वर आधुनिक जङ्गलमा परिणत भयो ।
(घ) अहिलेको कोटेश्वरमा कस्ता मानिस बस्छन् ?
उत्तर :
अहिलेको कोटेश्वरमा नेता, कार्यकर्ता, व्यापारी, सुरक्षाकर्मी, न्यायकर्ता, साहुमहाजन, उद्योगी तथा चोरफटाहासम्म विभिन्न वर्ग र प्रवृत्तिका मानिसहरू बस्छन् ।
📝 व्याकरण
२. 'खेल्, हिँड्, खा, बस्, घुम्, नाच्' जस्ता धातुबाट बनेका भूतकालिक क्रियापदको प्रयोग गरी शैक्षिक भ्रमणबारे एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर :
वि. सं. २०७७ साल माघ १३ गते हामी नेपाल मा.वि. चितवनको कक्षा १२ मा अध्ययनरत १२८ जना विद्यार्थी शैक्षिक भ्रमणका लागि बिहानै पोखरा हिँड्यौँ । यात्रामा केही साथीहरूले अन्ताक्षरी खेले भने केहीले गीतमा नाचे । करिब एघार बजेतिर हामी लेखनाथ पुग्यौँ र त्यहाँ खाना खायौँ । त्यसपछि फेवाताल, बेगनास ताल, महेन्द्र गुफा, चमेरे गुफा, रुपा ताल र माटेपानी गुम्बाजस्ता रमणीय स्थानहरू घुम्यौँ । त्यस रात हामी पोखरामै बस्यौँ र त्यहीँको होटेलमा खाना खायौँ । बेलुका हामी गीत गाउँदै नाचेका थियौँ । भोलिपल्ट बिहान सात बजे चिया तथा नास्ता खाएर चितवनतर्फ फर्कीयौँ ।
३. भूत कालका अभ्यस्त पक्षका क्रियापदको प्रयोग गरी आफ्नो बाल्यकालका बारेमा वर्णन गर्नुहोस् ।
उत्तर :
बाल्यकालमा म साथीहरूसँग धेरै खेल्थेँ र घुम्न जान्थेँ । जङ्गलमा पुग्दा कटुस, दमौरा, लिची, आँप, काफल र तिजु टिप्थेँ अनि साथीहरूसँगै रमाउँदै खान्थेँ । मलाई पौडी खेल्न धेरै मन पर्थ्यो । त्यसैले हर्पन खोलामा नियमित पौडी खेल्थेँ । पुलबाट तल खोलामा हाम फाल्दा निकै रमाइलो लाग्थ्यो । कुनै साथी पानीमा डुब्न लागेमा मैले नै निकाल्थेँ ।
म कालिका मा. वि. मा पढ्थेँ । कहिलेकाहीँ कश्यप तालमा पौडी खेल्न जान्थेँ र तालको एक फन्को पूरा गर्थेँ । म तीव्र गतिमा पौडिन्थेँ र पौडी खेलमा मलाई कसैले जित्न सक्दैनथ्यो । विद्यालयमा म अनुशासित र मिहिनेती विद्यार्थीका रूपमा चिनिन्थेँ तथा परीक्षामा प्रायः प्रथम हुन्थेँ ।
४. भविष्यत् कालका अपूर्ण तथा पूर्ण पक्षको प्रयोग गरी आफ्नो भविष्यको योजनाबारे लेख्नुहोस् ।
उत्तर :
भविष्यमा म असल शिक्षक बनेको हुने छु । उच्च शिक्षा हासिल गर्न त्रिभुवन विश्वविद्यालयमा भर्ना भएको हुने छु । म लगनपूर्वक पढ्दै हुने छु र राम्रो प्रतिशत ल्याएर स्नातकोत्तर तह उत्तीर्ण गरेको हुने छु । त्यसपछि शिक्षक सेवा आयोगको तयारी गर्दै हुने छु र आयोगको परीक्षा दिँदै हुने छु । मैले परीक्षामा राम्रोसँग लेखेको हुने छु र आयोगको परीक्षामा नाम निकालेको हुने छु । त्यसपछि दुर्गम गाउँहरूमा शिक्षाको ज्योति फैलाउँदै हुने छु । अन्ततः म असल तथा कर्तव्यनिष्ठ शिक्षक बनेको हुने छु ।
५. दिइएको अनुच्छेदलाई वर्तमान कालको अपूर्ण पक्षमा परिवर्तन गरी लेख्नुहोस् :
उत्तर :
शिवनारान आज पनि साबिकझैँ समयमै खेतमा जाँदै छन् । आजदेखि उनले नानीथकुँलाई समेत खेतमा लैजान सुरु गर्दै छन् । रोपाइँ सकिएकाले खेतको सुरक्षाका निम्ति आजदेखि खाने र सुत्ने अर्थात् रातदिन खेतमै बस्ने व्यवस्था पनि शिवनारान गर्दै छन् । खासगरी शिवनारानको कोठाको एक परिवार खेतमै बस्न थाल्दै छ । नानीथकुँ, पुननारानकी स्वास्नी र उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्कँदै छन् ।
६. दिइएको अनुच्छेदलाई भूत कालको अज्ञात पक्षमा परिवर्तन गरी लेख्नुहोस् :
उत्तर :
डाक्टर गोदत्तप्रसादले आफू विवाहित तथा छोराछोरीका बाबु भएको कुरा पनि बिर्सिएछन् । उनी नानीथकुँको घरमा धाउन थालेछन् । उनीहरू एकान्तमा भेट्ने र कुराकानी गर्ने गर्न थालेछन् । यो कुरा थाहा पाएपछि शिवनारानले नानीथकुँलाई सम्झाएछन् । डाक्टर गोदत्तप्रसादकी पत्नी रञ्जनादेवीले पनि उनलाई सम्झाइछन् । अन्ततः नानीथकुँले कुरा बुझिछन् र गोदत्तप्रसादसँगको सम्बन्ध टुटेछ ।
एक दिन नानीथकुँको रामखेलावन राउतसँग भेट भएछ । उनीहरूबीच प्रेम भएछ । शिवनारानले उक्त सम्बन्धबारे विचार गरिराखेछन् र नानीथकुँको विवाह रामखेलावनसँग गराइदिएछन् । आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाएपछि दुवै जना खुसी भएछन् ।
७. शिरबिन्दु तथा चन्द्रबिन्दुको प्रयोग भएका तलका शब्दलाई वर्णानुक्रमअनुसार लेख्नुहोस् :
उत्तर :
अँगार, अँध्यारो, अंश, भयौँ, वंश, सँग, संयम, संरक्षण, संलग्न, संवाद, संशय, संसार, संहार
८. दिइएका शब्दलाई तालिकामा देखाउनुहोस् :
| नियम | उदाहरणहरू |
|---|---|
| क, ख, ग, घ अघि ङ् | अङ्क, शङ्कर, शङ्ख, पङ्खा, ढङ्ग, मङ्गल, बङ्गुर, गङ्गा, चङ्गा, सङ्घ |
| च, छ, ज, झ अघि (तत्सम शब्दमा मात्र) ञ् | अञ्चल, पञ्च, पुञ्ज, लाञ्छना, ब्यञ्जन, झञ्झा, मञ्जुल |
| ट, ठ, ड, ढ अघि (तत्सम शब्दमा मात्र) ण् | पण्डित, कण्ठ, कुण्ठा, दण्ड, खण्ड, खण्डन |
| त, थ, द, ध अघि न् | सन्त, बन्धन, भिन्न, मन्तब्य, परन्तु, पन्थ, बन्दी, खिन्न |
| प, फ, ब, भ अघि म् | कम्प, पम्फा, अम्बा, लम्ब, स्तम्भ, जम्मा |
| य, र, ल, व, श, ष, स, ह, ज्ञ अघि (तत्सम शब्द) शिरबिन्दु | सयम, संशय, संसार, संहार, संरक्षण, संलग्न, संवाद, वंश, संज्ञा, संज्ञान, संवाद, संवत् |