📖 एक चिहान
📚 शब्दभण्डार
१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| रुजु | कुनै कुरा ठिक छ कि छैन भनी जाँच्ने काम |
| कविराज | आयुर्वेदिक उपचार गर्ने चिकित्सकको एक उपाधि |
| पेस्की | काम पूरा हुनु पहिले दिइने रकम |
| तल्सिङ | मोहीलाई जग्गा कमाउन दिने व्यक्ति, जग्गाधनी |
| समवेदना | उस्तै दु:खको अनुभव |
| निर्दयी | दया नभएको |
| अकर्मण्य | केही पनि काम नगर्ने, निस्क्रिय |
| मुराद | भित्री आशय |
| सान्त्वना | आश्वासन, ढाडस |
| हथुङ्गा | हातको नाडीदेखि औंलाका टुप्पासम्मको भाग |
| दागबत्ती | शवका मुखमा राख्ने बत्ती |
| कृतज्ञता | अरूले गरेको गुनप्रति धन्यवाद दिने भाव |
२. पाठमा प्रयोग भएका दिइएका शब्दको अर्थ पहिचान गरी लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| गुभाजु | बिरामीहरूलाई झारफुक गर्ने नेवार समुदायको तान्त्रिक व्यक्ति |
| उघाड | सीमा नाघेर भन्नु |
| फोने | विना मागमा आफैँ दिन खोज्नु |
| माचाछी | जोईपोइ बच्चाबच्चीको एकसरो परिवार मात्र |
| नङ्के | कहिल्यै प्राप्त वा अनुभव नभएको कुरा पाउनु |
| बिचा: | क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट दिइने सिधा |
| डल्लेठो | डल्ला फोर्ने काठको हतियार |
| खर्पन | काठमाडौँमा प्रचलित मालसमान बोक्ने साधन |
| क्वेना | बाँध, किनार, कुना, नदीको भुमरी पर्ने किनारको खोच |
३. दिइएका शब्दको उस्तै अर्थ दिने शब्द पहिचान गरी लेख्नुहोस् :
| शब्द | उस्तै अर्थ दिने शब्द |
|---|---|
| दीक्षा | मन्त्रोपदेश |
| सितिमिति | हत्तपत्त |
| उपचार | इलाज |
| पेटपालो | गुजारा |
| मृत्यु | निधन |
| बोली | वाणी |
| मौन | चुप |
| तत्क्षण | तत्काल |
| फजिती | मुस्किल |
| सावगास | शक्ति |
४. दिइएका अनेकार्थक शब्दलाई फरक फरक अर्थ दिने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर :
- •
उत्तर
- •उनले मेरा सबै प्रश्नहरुको उत्तर दिइन् ।
- •उत्तर बाट हावा चलिरहेको छ ।
- •
- •
खरी
- •म खरीको बोटका चढे ।
- •कालो पाटीमा खरीले राम्ररी लेख ।
- •
- •
गोल
- •पृथ्वी गोल छ ।
- •कोभेन्ट्रीको गोल अफसाइडको लागि अस्वीकृत थियो ।
- •
- •
जग
- •राम्रो जग बिना कुनै राम्रो भवन बन्दैन ।
- •मैले जगबाट पानि खाए ।
- •
- •
तान
- •तानमा कपडा बुन्न सजिलो हुन्छ ।
- •तिमी बिस्तारै डोरी तान ।
- •
- •
तर
- •दुधको तरबाट मोही बनाइन्छ ।
- •खोला तर होसियार हुनुपर्छ ।
- •
- •
पत्र
- •मसँग रोबर्टको पत्र थियो ।
- •पत्रपत्रिका पढ्ने बानी राम्रो हो ।
- •
- •
वर
- •नारायणी वर मेरो घर छ ।
- •चौतारीमा वरको रुख छ ।
- •
- •
बाली
- •यसपाली बाली सप्रियो ।
- •हर्केको गाई बाली गएछ ।
- •
- •
रहर
- •मेरो काठमाडौँ सहर घुम्ने रहर छ ।
- •रहरको दाल धेरै महङ्गो भएछ ।
- •
- •
साँचो
- •साँचो बोल्ने बानि सबैले बसाल्नु पर्छ ?
- •साँचोले ताल्चा खोलिन्छ ।
- •
- •
सुर
- •ऊ आफ्नै सुरमा काम गर्छ ।
- •मलाई सङ्गीतको सुर निकै मन पर्छ ।
- •
- •
हार
- •अज्ञानी मान्छेलाई हराउन असम्भव छ ।
- •मैले मेरो प्रेमिकालाई हार उपहार दिए ।
- •
- •
जाली
- •राम निकै जाली भएछ ।
- •जाली नोटको कारोबार दण्डनीय छ ।
- •
५. दिइएका शब्दको श्रुतिसमभिन्नार्थक शब्द लेख्नुहोस् :
| शब्द | श्रुतिसमभिन्नार्थक शब्द |
|---|---|
| दिन | दीन |
| दिशा | दिसा |
| शव | सब |
| बाँस | बास |
| व्यसन | बेसन |
| प्रदान | प्रधान |
| कोस | कोश |
| जाति | जाती |
| फेरि | फेरी |
| खालि | खाली |
| पाश | पास |
| गर्भ | गर्व |
| विष | बिस |
| आदि | आदी |
| पाइन् | पाइन |
| ताप | टाप |
| देखि | देखी |
| सिता | सीता |
६. दिइएका शब्दको समूहवाचक शब्द लेख्नुहोस् :
| शब्द | समूहवाचक शब्द |
|---|---|
| कमिला | ताँती |
| गाईवस्तु | बथान |
| मौरी | गोलो |
| बारुला | गोलो |
| बाँस | घारी |
| दाउरा | खलियो |
| डोरी | माला |
| मानिस | जमात |
| मकै | थाङ्ग्रो |
| भेडा | बथान |
| पराल | कुनिउँ, माँच, टौवा |
| पर्वत | शृङ्खला, श्रेणी |
| सिपाही | फौज, पल्टन |
| धुवाँ | मुस्लो |
७. शिक्षकसँग सोधेर दिइएका प्रतीकात्मक शब्दको अर्थ लेख्नुहोस् :
| प्रतीकात्मक शब्द | अर्थ |
|---|---|
| छेपारो | रङ बदल्ने |
| कुवेर | धनी |
| रामराज्य | सम्पन्न र सुखी राज्य |
| दुर्वासा | रिसाहा |
| दधिची | त्यागी |
| सुदामा | गरिब, निर्धन |
| भीष्म | भयानक |
| बाँदर | आफ्नो घर बिगार्ने अरुको पनि बनाउन नदिने |
| साँढे | मिचाहा |
| जुको | परजीवी |
| सावित्री | सती वा पतिव्रता |
| गङ्गा | पवित्रता |
| स्याल | बाठो |
| ब्वाँसो | धूर्त |
| आकाश | रित्तो वा विशाल |
| एकलव्य | लगनशील वा एक्लो योद्धा |
| मौरी | परिश्रमी |
| लक्ष्मण रेखा | सीमा वा मर्यादा |
| महाभारत | लडाइँ, झगडा |
| कर्ण | दानी, उदारता |
| भेडो | मुर्ख |
| कुम्भकर्ण | सुताहा |
| भगीरथ | प्रयत्न कठिन प्रयास |
| विदुर | ज्ञानी वा विवेकी |
| युधिष्ठिर | धर्मात्मा वा अजेय |
| शकुनि | कपटी वा षडयन्त्रकारी |
| नारद | कुरौटे |
८. कक्षामा छलफल गरी दिइएका सिङ्गो शब्दको अर्थ लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| शाकाहारी | सात्विक भोजन मात्र गर्ने वा माछामासु नखाने |
| मांसाहारी | माछामासु खाने |
| पुङमाङ | दुवैपट्टि खुला भएको ढुङ्ग्रो |
| गृहस्थी | घरबार गरेर बस्ने व्यक्ति |
| अल्लारे | आलोकाँचो अवस्थाको |
| पेवा | निजी |
| दशक | दश वर्षको अवधि |
| शताब्दी | सय वर्षको समय |
| सहस्राब्दी | एक हजार वर्ष |
| शाश्वत | सधैं रहिरहने, चिरस्थायी |
| वात्सल्य | आमाबाबुको सन्तानप्रतिको स्नेह |
| न्वाँगी | नयाँ धानबाली पाकेपछि देवता वा पितृलाई चढाई खाइने दही चामल |
| नाबालक | बालिग हुने उमेर नपुगेको बालक |
| लैनो | भर्खर बियाएको |
| बकेर्नो | दुध थाक्ने बेला भएको दुहुनो |
| सत्पात्र | असल व्यक्ति वा पात्र |
| आद्योपान्त | सुरुदेखि अन्त्यसम्म |
| क्षितिज | पृथ्वी र आकाश जोडिएजस्तो देखिने |
| उपवास | केही नखाई व्रत बस्ने काम |
| सर्वभक्षी | भोज्य र अभोज्य विचार नगरी सबै कुरा खाने |
| ढडिया | माछा समात्ने सोलीजस्तो पासो |
| अभेद्य | प्वाल पार्न नसकिने |
| कटुभाषी | नमिठो बोल्ने |
| अल्पभाषी | थोरै भाषा जान्ने |
| मृदुभाषी | मिठो भाषा बोल्ने |
| बहुभाषी | धेरै भाषा बोल्ने |
| बहुरूपी | धेरै रूप धारण गर्ने |
| अघोरी | जे पायो त्यही खाने |
| कायममुकायम | कार्यबाहक |
| कार्यवाहक | कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार अधिकार लिई अस्थायी रूपमा काम गर्ने कर्मचारी |
| पर्म | आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन |
| अवर्णनीय | वर्णन गर्न नसकिने |
| अव्यक्त | प्रकट नभएको |
| थाती | धरौटी जमानत |
| कलस्यौली | विवाहमा कलश बोकेर जन्तीमा हिँड्ने कन्या |
| अलौकिक | यस लोकमा नहुने वा नपाइने |
९. अन्तरिक्षसँग सम्बन्धित तलका शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाई लेख्नुहोस् र तिनको अर्थ पनि पत्ता लगाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| उल्का | पुञ्ज, धूमकेतु |
| ज्ञेय | जान्न लायक |
| ग्रह | सूर्य र यसको वरिपरि घुम्ने आकाशीय पिण्ड |
| नक्षत्र | तारा, सितारा मोती |
| तारापुञ्ज | आकाशमा देखिने ताराहरूको समुदाय, तारामण्डल |
| धुमकेतु | पुच्छ्रेतारोउल्काका राती आकाशबाट खस्न लागेको वा एक गइरहेको देखिने |
| ब्रह्माण्ड | पृथ्वी, अन्तरिक्ष, ग्रह |
| राशि | क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन लगायत बाह्र ताराहरुको समूह |
| सौर्यमण्डल | सूर्य र यसको वरिपरि घुम्ने ग्रहहरूको समूह |
📖 बोध र अभिव्यक्ति
१. 'एक चिहान' उपन्यासको पहिलो परिच्छेद पढ्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) अष्टनारानले श्रीमती, छोराहरू र छोरीलाई के भनेर सम्झाउँछन् ?
उत्तर :
अष्टनारानले आफूले सन्तान जन्माए पनि उनीहरूको गाँसबासको उचित प्रबन्ध गर्न नसकेको र जीवनभर भगवान्को पूजा गर्दा पनि आफ्नो दुःख नहटेको कुरा श्रीमतीलाई सुनाउँछन् । साथै, आफ्ना छोराछोरीलाई आमाको दुःख बुझ्न र बहिनीलाई पनि कठिन परिस्थितिमा कहिल्यै उपेक्षा नगर्न सम्झाउँछन् । उनले जस्तोसुकै अप्ठ्यारो अवस्था आए पनि आमा र बहिनीप्रति माया तथा सम्मान कायम राख्न आग्रह गरेका छन् ।
(ख) अष्टनारानले आफ्नो काजकिरियाका लागि कस्तो बन्दोबस्त मिलाएका छन् ?
उत्तर :
अष्टनारानले आफ्नो काजकिरियाका लागि थोरैथोरै गर्दै पच्चिस रुपियाँ बचाएका छन् । उनले उक्त रकम छिँडीमा ढिकी नजिकैको खाल्टोमा गाडेर सुरक्षित राखेका छन् । यसरी आफ्नो मृत्यु भएपछि लाग्ने काजकिरियाको खर्चका लागि उनले पहिले नै रकमको व्यवस्था गरेका छन् ।
२. दिइएका बुँदालाई समेटेर 'एक चिहान' उपन्यासको परिच्छेद दुई र तीनको सार लेख्नुहोस् :
उत्तर :
अष्टनारान लामो समयदेखि गम्भीर बिरामी परेका हुन्छन् । उनको उपचारका लागि सुरुमा आफ्नै टोलका गुभाजु, त्यसपछि असनका तुयु गुभाजु र अन्त्यमा माहिला कविराजकहाँ उपचार गराइन्छ । लगातार उपचार गराउँदा पनि उनको स्वास्थ्यमा सुधार आउँदैन, बरु रोग झन् बढ्दै जान्छ । गाउँमा डाक्टर भए पनि आर्थिक अभावका कारण उनलाई त्यहाँ लैजान परिवारलाई कठिन हुन्छ ।
अन्ततः काजक्रियाका लागि छुट्याइएको पच्चिस रुपियाँ नै बाबुको उपचारमा खर्च गर्ने निर्णय गरिन्छ । शिवनारान डाक्टर गोदत्तप्रसादकहाँ पुगेर उपचारका लागि आग्रह गर्छन्, तर डाक्टरले उनको अनुरोधलाई गम्भीरतापूर्वक लिँदैनन् । अष्टनारानको अवस्था झन् नाजुक भएपछि पुननारान पनि डाक्टरलाई बोलाउन पुग्छन् । दाजुभाइले बारम्बार अनुरोध गरे पनि गोदत्तप्रसाद तत्काल जान मान्दैनन् । घर पुगेपछि पाँच रुपियाँ फी दिने सहमति भएपछि मात्र उनी अष्टनारानको उपचार गर्न जाने तयार हुन्छन् ।
३. तलको उपन्यास अंश पढी दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) प्रेम हुन केही गाह्रो छैन भन्नुको तात्पर्य के हो ?
उत्तर :
प्रेमका लागि जात, भाषा, संस्कृति, दूरी अथवा जीवनको सुख–दुःखजस्ता बाहिरी भिन्नताले अनिवार्य अवरोध खडा गर्दैनन् । दुई व्यक्तिको मनबीच आत्मीयता र आकर्षण पैदा भएपछि प्रेम सहजै विकसित हुन सक्छ । त्यसैले प्रेम जन्मन कुनै विशेष कठिन प्रक्रिया आवश्यक पर्दैन भन्ने आशय उक्त भनाइमा व्यक्त भएको हो ।
(ख) दिइएको उपन्यास अंशमा प्रेमका सम्बन्धमा कसरी व्याख्या गरिएको छ ?
उत्तर :
उपन्यासांशमा प्रेमलाई मनको सम्बन्धका रूपमा प्रस्तुत गरिएको छ, जुन अचानक पनि विकसित हुन सक्छ । यसले जाति, भाषा, संस्कृति, दूरी तथा सुख–दुःखजस्ता कुरालाई प्राथमिक आधार मान्दैन । तर उपन्यासकारले क्षणिक आकर्षणमा आधारित अल्लारे र भावुक प्रेमलाई उचित मानेका छैनन् । उनका अनुसार प्रेम गहिरो आत्मीयतामा आधारित हुनुपर्छ, किनकि अपरिपक्व भावनाबाट जन्मिएको सम्बन्धले अन्ततः दुःख निम्त्याउन सक्छ ।
४. अष्टनारानले मर्ने वेलामा आफ्ना छोरालाई किसानको सिद्धान्तका बारेमा बताएका छन् । उनले बताएका किसानका सिद्धान्त के के हुन्, उपन्यासको छैटौँ परिच्छेद पढी उत्तर लेख्नुहोस् ।
उत्तर :
अष्टनारानका विचारमा किसान संसारको अन्न उत्पादन गर्ने मुख्य आधार हुन् । किसानको शरीरबाट बग्ने रगत र पसिनाको प्रत्येक थोपा अन्न उत्पादनसँग जोडिएको हुन्छ र उनीहरूको श्रममै समाजको जीवन निर्भर रहन्छ । त्यसैले किसानले आफ्नो कृषि कर्मलाई कहिल्यै उपेक्षा गर्नु हुँदैन ।
उनका अनुसार असारको समयमा खेतीलाई प्राथमिकता दिनु किसानको प्रमुख कर्तव्य हो । किसानको परिवारमा कसैको मृत्यु भए पनि असारको खेती बिग्रन नदिन कृषि कार्यलाई निरन्तरता दिनुपर्ने हुन्छ, किनकि असार बिग्रँदा किसानको वर्षभरको सौभाग्यमा असर पर्न सक्छ । किसानले श्रमबाट विमुख भएमा उसको पेशा, अस्तित्व र धर्ममै नकारात्मक प्रभाव पर्छ । त्यसैले किसान सधैँ कर्मठ भएर कृषि कार्यमा लागिरहनुपर्छ भन्ने सिद्धान्त अष्टनारानले आफ्ना छोरालाई दिएका छन् ।
५. मरेपछि गरिने काजक्रिया र दानदक्षिणासम्बन्धी अष्टनारानको विचारसँग तपाईंको सहमति वा विमति के छ, तर्कसहित लेख्नुहोस् ।
उत्तर :
हृदय चन्द्र सिंह प्रधान (वि.सं. १९७२–२०१६) बहुआयामिक प्रतिभाका साहित्यकार हुन् । उनको चर्चित प्रगतिशील उपन्यास एक चिहानमा नेपाली समाजको वास्तविक अवस्था प्रस्तुत गर्नुका साथै परम्परागत विकृतिप्रति आलोचनात्मक दृष्टिकोण अपनाइएको छ । उपन्यासले काठमाडौँको सामाजिक, आर्थिक तथा शैक्षिक परिवेशलाई आधार बनाउँदै काठमाडौँको ज्यापू समाजको जीवनलाई यथार्थ रूपमा चित्रण गरेको छ ।
नेपाली समाजमा लामो समयदेखि विभिन्न किसिमका कुसंस्कार र रूढिहरू प्रचलनमा छन् । मानिसको मृत्यु भएपछि काजक्रिया, भोजभतेर, दानदक्षिणा, टीका–दक्षिणा तथा नातागोता बोलाएर गरिने विचाःजस्ता चलनहरू देखिन्छन् । अष्टनारान भने यस्ता अनावश्यक परम्पराको विरोध गर्ने प्रगतिशील पात्र हुन् र आफ्नो विचारलाई व्यवहारमै लागू गर्ने साहस पनि राख्छन् ।
समाजमा संस्कार र संस्कृति महत्त्वपूर्ण भए पनि सबै परम्परा उपयोगी हुन्छन् भन्ने छैन । गरिब परिवारले सामाजिक दबाबका कारण ऋण लिएर भोज गर्ने, दान दिने तथा अन्य खर्चिला संस्कार पूरा गर्नुपर्ने अवस्था उत्पन्न हुँदा उनीहरूको आर्थिक समस्या झन् गम्भीर हुन्छ । त्यसैले अष्टनारानले कुप्रथाविरुद्ध उठाएको कदम उचित देखिन्छ । उनका सन्तानले पनि त्यसैलाई निरन्तरता दिनु सकारात्मक पक्ष हो ।
मेरो विचारमा समाजले उपयोगी र मानवीय परम्परालाई संरक्षण गर्दै आर्थिक बोझ सिर्जना गर्ने अनावश्यक प्रथालाई हटाउनुपर्छ । केवल समाजले के भन्ला भन्ने डरले गरिब परिवारलाई ऋणमा डुबाउने संस्कारलाई निरन्तरता दिनुभन्दा अष्टनारानले देखाएको सुधारवादी दृष्टिकोण अपनाउनु उचित हुन्छ ।
६. 'एक चिहान' उपन्यासमा नेपाली समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ, वर्णन गर्नुहोस् ।
उत्तर :
हृदयचन्द्र सिंह प्रधानद्वारा रचित एक चिहान सामाजिक यथार्थवादी उपन्यास हो । यसमा वि.सं. २०११ सालतिरको काठमाडौँको सामाजिक जीवनलाई आधार बनाएर नेपाली समाजभित्र रहेको वर्गीय, आर्थिक तथा सामाजिक असमानताको यथार्थ चित्र प्रस्तुत गरिएको छ ।
उपन्यासमा समाज मुख्यतः सम्पन्न र विपन्न वर्गबीच विभाजित देखिन्छ । आर्थिक तथा सामाजिक पहुँच भएका मानिसहरूले गरिब वर्गमाथि प्रभाव जमाएका छन् । उनीहरू कहिलेकाहीँ सहयोगी बनेर प्रस्तुत भए पनि त्यसभित्र आफ्नै स्वार्थ लुकेको हुन्छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा समेत सम्पन्न वर्गको पहुँच बलियो रहेको देखिन्छ ।
यसको विपरीत किसान, मजदुर तथा निम्नवर्गीय मानिसहरूको जीवन अत्यन्त कठिन छ । दिनरात परिश्रम गर्ने किसानलाई समेत दैनिक जीवन चलाउन मुस्किल पर्छ । सिकर्मीको घरसमेत कमजोर अवस्थामा रहेको चित्रणले विपन्नताको गहिराइ देखाउँछ । जातीय विभेद, रूढिवादी सोच, आर्थिक असमानता तथा सामाजिक शोषणले गरिब वर्गलाई थप पीडित बनाएको छ ।
काजक्रियाका नाममा दान दिनुपर्ने, ऋण लिएर भोज गर्नुपर्ने र धार्मिक आडम्बर कायम राख्नुपर्ने परम्पराको पनि उपन्यासले विरोध गरेको छ । यस्ता चलनले आर्थिक रूपमा कमजोर मानिसलाई झन् ऋणी बनाउँछन् । समाजका टाठाबाठा व्यक्तिहरूले यिनै परम्पराको सहारा लिएर सामान्य जनतालाई शोषण गर्दै आएको अवस्था देखाइएको छ ।
सुब्बा सुरमान र डाक्टर गोदत्तप्रसादजस्ता पात्रमार्फत सहयोगको आवरणभित्र लुकेको शोषण, स्वार्थ र अनैतिकता उजागर गरिएको छ । उनीहरूको व्यवहारबाट गरिब मानिसले शोषकको कृपामा भर परेर आफ्नो अवस्था सुधार्न नसक्ने यथार्थ स्पष्ट हुन्छ ।
यद्यपि उपन्यासले केवल पीडा र शोषण मात्र देखाएको छैन । शोषणको सीमा नाघ्दै जाँदा विपन्न वर्गमा सामाजिक चेतना जाग्न थालेको अवस्थालाई पनि प्रस्तुत गरेको छ । यसरी सामाजिक विकृति, आर्थिक असमानता, कुसंस्कार र शोषणको विरोध गर्दै न्यायपूर्ण तथा सुधारिएको समाज निर्माणको आवश्यकता एक चिहानले देखाएको छ ।
७. 'एक चिहान' उपन्यासका आधारमा दिइएका पात्रको चरित्र चित्रण गर्नुहोस् :
(क) शिवनारान
उत्तर :
शिवनारान अष्टनारानका जेठा छोरा तथा उपन्यासका प्रमुख पुरुष पात्र हुन् । उनी किसान वर्गको प्रतिनिधि पात्रका रूपमा उपन्यासभरि सक्रिय छन् । अन्याय र शोषण सहेर बस्नुको सट्टा त्यसको प्रतिरोध गर्ने स्वभाव उनको प्रमुख विशेषता हो ।
उनी इमानदार, आज्ञाकारी, परिश्रमी, विवेकी, कर्मठ र जागरुक छन् । बाबुप्रति सम्मान राख्ने र उनका विचारलाई आत्मसात् गर्ने शिवनारान कर्तव्यप्रति सचेत छन् । उनी निम्नवर्गीय किसानका समस्या बुझ्ने तथा प्रगतिशील सोच भएका व्यक्ति हुन् । असल पति, दाजु र अभिभावकका रूपमा पनि उनको सकारात्मक भूमिका देखिन्छ । यसरी शिवनारान उपन्यासमा श्रमशील, जिम्मेवार र अन्यायविरोधी किसानको प्रतिनिधित्व गर्ने नायक पात्र हुन् ।
(ख) रञ्जनादेवी
उत्तर :
रञ्जनादेवी उपन्यासकी सहायक नारी पात्र हुन् । उनी प्रोफेसरकी छोरी तथा डाक्टरकी श्रीमतीका रूपमा शिक्षित र सचेत महिला पात्रको परिचय दिन्छिन् । उनको सोच स्वार्थमा आधारित प्रेमको विरोधमा रहेको छ ।
उनी सकारात्मक दृष्टिकोण भएकी महिला हुन् । नारी र पुरुषबीच आपसी समझदारी तथा समन्वय आवश्यक हुन्छ भन्ने आदर्श विचार उनको चरित्रमा देखिन्छ । यस कारण रञ्जनादेवी शिक्षित, चेतनशील तथा सकारात्मक सोच राख्ने पात्रका रूपमा प्रस्तुत भएकी छन् ।
(ग) नानीथकुँ
उत्तर :
नानीथकुँ उपन्यासकी प्रमुख नारी पात्र हुन् । उनी अष्टनारानकी छोरी तथा शिवनारानहरूको बहिनी हुन् । उनी करिब १७ वर्षकी, गोरो अनुहार भएकी, हिसी परेकी र यौवनले भरिएकी सुन्दरीका रूपमा चित्रित छन् ।
सरल र निश्चल स्वभाव भएकी नानीथकुँ डा. गोदत्तप्रसादको बलात्कारको सिकार बन्न पुग्छिन् । त्यस घटनाले उनको जीवनमा गहिरो पीडा ल्याउँछ । तथापि उनी नकारात्मक पात्र होइनन् । पछि तराईवासी खेलावन राउतसँग अन्तरजातीय विवाह गरी सामाजिक रूढिविरुद्धको सकारात्मक उदाहरण प्रस्तुत गर्छिन् । उनको चरित्रले पीडित नारीको अवस्था तथा सामाजिक परिवर्तनको सम्भावना दुवैलाई प्रतिनिधित्व गर्छ ।
८. डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बाका चरित्रमा पाइने समानता के के हुन् एक चिहान' उपन्यासका आधारमा लेख्नुहोस् ।
उत्तर :
एक चिहानमा डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बा दुवै नकारात्मक चरित्रका रूपमा प्रस्तुत भएका छन् । सामाजिक हैसियत र प्रतिष्ठा भएका भए पनि उनीहरूको सोच र व्यवहारमा स्वार्थ तथा अनैतिकता स्पष्ट देखिन्छ ।
दुवै विवाहित तथा सन्तान भएका व्यक्ति हुन् । उनीहरूको ध्यान नानीथकुँको जवानीतर्फ केन्द्रित हुन्छ । उनीहरू आफ्नो सामाजिक हैसियत र प्रभावको उपयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न खोज्छन् ।
दुवै पात्रमा निर्दयता, स्वार्थ, मानवताहीनता र धूर्तता पाइन्छ । बाहिरी रूपमा प्रतिष्ठित देखिए पनि उनीहरूको वास्तविक चरित्र दूषित छ । यसरी गोदत्तप्रसाद र सुरमान सुब्बा दुवै शोषक प्रवृत्ति र नकारात्मक मानसिकताको प्रतिनिधित्व गर्ने खलपात्र हुन् ।
९. 'एक चिहान' उपन्यासमा हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतका बिचको विवाहबाट उपन्यासले के सन्देश दिन खोजेको छ, स्पष्ट पार्नुहोस् ।
उत्तर :
विवाह दुई व्यक्तिबीचको आत्मीय सम्बन्ध हो । यसलाई सामाजिक प्रदर्शन र अनावश्यक आर्थिक खर्चसँग जोड्नु आवश्यक छैन भन्ने विचार एक चिहानमा प्रस्तुत गरिएको छ । हर्षनारान–पुतली तथा नानीथकुँ–रामखेलावन राउतको विवाहमा दाइजो र भतेरजस्ता खर्चिला परम्परालाई प्राथमिकता दिइएको छैन ।
विवाहका नाममा दाइजो दिनुपर्ने, भोजभतेर गर्नुपर्ने तथा ठूलो धनराशि खर्च गरेर सामाजिक प्रतिष्ठा देखाउनुपर्ने प्रवृत्तिले गरिब परिवारलाई ऋणको भारमा पार्छ । दाइजोको कारण धेरै महिलाको वैवाहिक जीवनसमेत समस्याग्रस्त बन्न सक्छ । त्यसैले अष्टनारानले यस्ता कुप्रथाको विरोध गरेका छन् र उनका सन्तानले पनि व्यवहारबाट त्यसलाई समर्थन गरेका छन् ।
हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतको विवाहले दाइजो तथा भतेररहित विवाह सम्भव छ भन्ने उदाहरण दिएको छ । यसबाट विवाहमा अनावश्यक खर्च गर्नुको सट्टा दुलाहा र दुलहीबीचको सम्बन्धलाई नै मुख्य महत्त्व दिनुपर्ने सन्देश प्राप्त हुन्छ ।
म यस विचारसँग पूर्ण रूपमा सहमत छु । आर्थिक क्षमताभन्दा बढी खर्च गरेर विवाह गर्दा परिवार ऋणमा डुब्न सक्छ । खर्चिला परम्परालाई हटाउँदा आर्थिक बोझ मात्र कम हुँदैन, सामाजिक विकृति र घरेलु तनाव घटाउन पनि सहयोग पुग्छ । त्यस्तै नेवार, पर्वत र मधेसी समुदायबीचको सम्बन्धले जातीय तथा क्षेत्रीय विभेदभन्दा माथि उठेर आपसी एकता कायम गर्न सकिने सन्देश दिन्छ ।
यसर्थ यी विवाहहरूले हिमाल, पहाड, उपत्यका र तराईबीच एकता कायम गरी अखण्ड तथा समृद्ध नेपाल निर्माण गर्नुपर्ने विचारलाई बल दिएका छन् ।
१०. 'एक चिहान' उपन्यासको अन्त्य तपाईंलाई ठिक वा बेठिक कस्तो लाग्यो ? यदि तपाईं त्यसको लेखक हुनुभएको भए यसलाई कसरी अन्त्य गर्नुहुन्थ्यो, आफ्नो विचार लेख्नुहोस् ।
उत्तर :
एक चिहान हृदयचन्द्र सिंह प्रधानद्वारा रचित सामाजिक यथार्थवादी उपन्यास हो । प्रधान प्रगतिशील दृष्टिकोण भएका साहित्यकार हुन् । उनले निम्नवर्गीय मानिसको संघर्ष, अभाव, बाध्यता र पीडालाई आफ्ना रचनाको विषय बनाएका छन् । उनका कृतिमा समानता, सामाजिक सुधार तथा अन्याय–अत्याचारको अन्त्यजस्ता विचार प्रमुख रूपमा देखिन्छन् ।
उपन्यासमा वि.सं. २०११ सालतिरको निम्नवर्गीय जीवनका अनेक कठिन पक्ष प्रस्तुत छन् । अष्टनारानको उपचारका लागि गुभाजु र कविराजकहाँ धाउनुपर्ने बाध्यता, पछि डा. गोदत्तप्रसादकहाँ पुग्नुपर्ने अवस्था, उपचार तथा अन्त्येष्टिका लागि ऋण लिनुपर्ने स्थिति र निरन्तर परिश्रम गर्दा पनि सुख प्राप्त गर्न नसकेको जीवनले गरिबीको कठोर यथार्थ देखाउँछ । हर्षनारान र नानीथकुँको अन्तरजातीय विवाहमार्फत जातीय तथा क्षेत्रीय एकताको आवश्यकता पनि प्रस्तुत गरिएको छ । सुरमानको शोषण, डाक्टरको अनैतिकता र अन्यायविरुद्ध उठेका आवाजले उपन्यासको सामाजिक परिवेशलाई अझ प्रभावशाली बनाएका छन् ।
मलाई एक चिहानको अन्त्य उपयुक्त लाग्छ । उपन्यासकारले निम्नवर्गीय परिवारको जीवनलाई मार्मिक ढङ्गले समापन गरेका छन् । शीर्षकको सार्थकता कायम गर्नुका साथै सम्पूर्ण कथाको सामाजिक यथार्थसँग मेल खाने अन्त्य गरिएको छ ।
यदि म यसको लेखक भएको भए पनि मूल अन्त्यलाई धेरै परिवर्तन गर्ने थिइनँ । त्यसमा शिवनारानको परिवारबाहेक अर्को आफन्तको उपस्थिति थपेर गरिबी अन्त्य गर्ने सामूहिक संकल्प वा उद्घोषसहित कथा समाप्त गर्ने थिएँ ।
११. दिइएको उपन्यास अंशबाट मुख्य मुख्य घटना टिप्नुहोस् :
उत्तर :
क शिवनारानको खेतमा रोपाइँ हुनु ।
ख पुननारान र हर्षनारान पनि रोपाइँको काममा सहभागी हुनु ।
ग शिवनारानको परिवारका सबै सदस्य उत्साहका साथ रोपाइँमा व्यस्त हुनु ।
घ नानीथकुँको मनमा अघिल्लो दिनको घटनाले द्वन्द्व सिर्जना गरे पनि उनी अरूसरह खुसी भएर रोपाइँमा सहभागी हुनु ।
ङ रोपाइँको दिन अष्टनारानलाई विशेष आनन्द लाग्ने भएकाले उनको आत्मालाई चोट नपुगोस् भनेर नानीथकुँले आफ्ना व्यक्तिगत पीडा दबाएर पनि रोपाइँमा हर्षपूर्वक सहभागी हुनु ।
१२. दिइएको उपन्यास अंशमा आएका पात्रको चरित्रचित्रण गर्नुहोस् :
उत्तर :
दिइएको अंशमा शिवनारान र रामबहादुर दुई प्रमुख पात्रका रूपमा आएका छन् ।
शिवनारानको चरित्रचित्रण
शिवनारान अष्टनारानका जेठा छोरा तथा उपन्यासका प्रमुख पुरुष पात्र हुन् । उनले किसान वर्गको प्रतिनिधित्व गर्छन् । उनी अन्यायको विरोध गर्ने स्वभावका व्यक्ति हुन् । इमानदारी, आज्ञापालन, परिश्रम, विवेक, कर्मठता र जागरुकता उनका प्रमुख गुण हुन् ।
रामबहादुरको चरित्रचित्रण
रामबहादुर उपन्यासको नकारात्मक पात्र हुन् । उनी सुब्बा सुरमानका कारिन्दाका रूपमा काम गर्छन् । सुरमानकै योजना अनुसार उनी शिवनारानको घरमा नानीथकुँको हात माग्न पुग्छन् । मानिसलाई आफ्नो पक्षमा पार्न कसरी कुरा गर्नुपर्छ भन्ने कला उनलाई राम्रोसँग थाहा छ ।
उनी सिधै उद्देश्य बताउनुको सट्टा घुमाउरो शैलीमा शिवनारानसँग कुरा गर्छन् । गरिबलाई लोभ्याउने र फकाउने तरिका प्रयोग गर्दै असमान विवाह गराउन खोज्नु उनको नकारात्मक पक्ष हो । शिवनारानले उनको वास्तविक उद्देश्य बुझेर योजना असफल पारिदिन्छन् । त्यसपछि रामबहादुर धम्की र त्रास देखाउँदै त्यहाँबाट फर्कन्छन् ।
१३. परिवेश भनेको ठाउँ, समय र वातावरण हो । उपन्यासमा परिवेश महत्त्वपूर्ण र अनिवार्य तत्त्व हो । दिइएको उपन्यास अंश पढ्नुहोस् र त्यसबाट चित्रण गरिएको परिवेशलाई बुँदागत रूपमा लेख्नुहोस् :
उत्तर :
दिइएको अंशमा निम्न परिवेश प्रस्तुत भएको छ :
क जेठ महिनाको समयगत परिवेश ।
ख वर्षा सुरु हुनुअघिको तथा पानी परिरहेको अवस्थाको वातावरण ।
ग रोपाइँ र किसानको गतिविधिमार्फत देखाइएको ग्रामीण परिवेश ।
घ पुराना तथा जीर्ण घरहरू र लगातारको वर्षाबाट त्रसित हुनुपर्ने अवस्थामार्फत देखाइएको निम्नवर्गीय आर्थिक परिवेश ।
१४. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) “उस्तरी बस्ती थिएन” भन्नुको तात्पर्य के हो ?
उत्तर :
“उस्तरी बस्ती थिएन” भन्नाले उक्त स्थानमा धेरै मानिसको बसोबास नभएको, अर्थात् बस्ती विरल रहेको अवस्था बुझिन्छ ।
(ख) सम्साँझमै स्याल कराउनका लागि कुन कुराले सहयोग गरेको थियो ?
उत्तर :
सम्साँझमै स्याल कराएको सुनिनुमा तितेपातीका घारी र खरीका रुखले सहयोग गरेका थिए ।
(ग) कसरी कोटेश्वर आधुनिक जङ्गलमा बदलियो ?
उत्तर :
मानिसका घारी, आधुनिक भवनहरू, बिजुलीका पोल र तारहरू बढ्दै गएपछि कोटेश्वरको पुरानो स्वरूप परिवर्तन भएर आधुनिक जङ्गलजस्तो देखिन थालेको हो ।
(घ) अहिलेको कोटेश्वरमा कस्ता मानिस बस्छन् ?
उत्तर :
अहिलेको कोटेश्वरमा नेता, कार्यकर्ता, व्यापारी, सुरक्षाकर्मी, न्यायकर्ता, साहुमहाजन, उद्योगी तथा चोरफटाहासम्म विभिन्न वर्ग र प्रवृत्तिका मानिसहरू बसोबास गर्छन् ।
📝 व्याकरण
२. 'खेल्, हिँड्, खा, बस्, घुम्, नाच्' जस्ता धातुबाट बनेका भूतकालिक क्रियापदको प्रयोग गरी शैक्षिक भ्रमणबारे एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर :
वि. सं. २०७७ साल माघ १३ गते हामी नेपाल मा.वि. चितवनको कक्षा १२ मा अध्ययनरत १२८ जना विद्यार्थी शैक्षिक भ्रमणका लागि बिहानै पोखरा हिँड्यौँ । यात्राका क्रममा केही साथीहरू अन्ताक्षरी खेल्दै थिए भने केहीले गीतमा नाच्दै रमाइलो गरेका थिए । करिब एघार बजेतिर हामी लेखनाथ पुग्यौँ र त्यहाँ खाना खायौँ । त्यसपछि फेवाताल, बेगनास ताल, महेन्द्र गुफा, चमेरे गुफा, रुपा ताल तथा माटेपानी गुम्बाजस्ता रमणीय स्थलहरू घुम्यौँ । त्यस दिन हामी पोखरामै बस्यौँ र बेलुकाको खाना त्यहीँको होटेलमा खायौँ । राति हामी गीत गाउँदै र नाच्दै रमाएका थियौँ । भोलिपल्ट बिहान सात बजे चिया तथा नास्ता खाएर चितवनतर्फ फर्कीयौँ ।
३. भूत कालका अभ्यस्त पक्षका क्रियापदको प्रयोग गरी आफ्नो बाल्यकालका बारेमा वर्णन गर्नुहोस् ।
उत्तर :
बाल्यकालमा म साथीहरूसँग धेरै खेल्थेँ र विभिन्न ठाउँमा घुम्न जान्थेँ । जङ्गलतिर जाँदा कटुस, दमौरा, लिची, आँप, काफल र तिजु टिप्थेँ अनि साथीहरूसँग बाँडेर खान्थेँ । मलाई पौडी खेल्न निकै मन पर्थ्यो, त्यसैले हर्पन खोलामा बारम्बार पौडी खेल्थेँ । पुलबाट खोलामा हाम फाल्दा मलाई विशेष आनन्द आउँथ्यो । कुनै साथी पानीमा डुब्दा म उसलाई निकाल्थेँ ।
म कालिका मा. वि. मा पढ्थेँ । कहिलेकाहीँ कश्यप तालमा पनि पौडी खेल्न जान्थेँ र तालको एक फन्का पूरा गर्थेँ । म तीव्र गतिमा पौडिन्थेँ र पौडीमा मलाई प्रायः कसैले जित्न सक्दैनथ्यो । विद्यालयमा म अनुशासित तथा मिहिनेती विद्यार्थीका रूपमा चिनिन्थेँ र परीक्षामा प्रायः प्रथम हुन्थेँ ।
४. भविष्यत् कालका अपूर्ण तथा पूर्ण पक्षको प्रयोग गरी आफ्नो भविष्यको योजनाबारे लेख्नुहोस् ।
उत्तर :
भविष्यमा म असल शिक्षक बनेको हुने छु । उच्च शिक्षा हासिल गर्न त्रिभुवन विश्वविद्यालयमा भर्ना भएको हुने छु । आफ्नो अध्ययनमा निरन्तर मिहिनेत गर्दै हुने छु र राम्रो प्रतिशत प्राप्त गरी स्नातकोत्तर तह उत्तीर्ण गरेको हुने छु । त्यसपछि शिक्षक सेवा आयोगको तयारी गर्दै हुने छु तथा आयोगको परीक्षा दिँदै हुने छु । परीक्षामा राम्रोसँग लेखेको हुने छु र आयोगको परीक्षामा नाम निकालेको हुने छु । त्यसपछि दुर्गम गाउँहरूमा शिक्षाको ज्योति फैलाउँदै हुने छु । अन्ततः म असल तथा कर्तव्यनिष्ठ शिक्षक बनेको हुने छु ।
५. दिइएको अनुच्छेदलाई वर्तमान कालको अपूर्ण पक्षमा परिवर्तन गरी लेख्नुहोस् :
उत्तर :
शिवनारान आज पनि साबिकझैँ समयमा खेतमा जाँदै छन् । आजैदेखि उनी नानीथकुँलाई समेत खेतमा लैजान सुरु गर्दै छन् । रोपाइँ सकिएकाले खेतको सुरक्षा गर्न आजदेखि खाने र सुत्ने अर्थात् रातदिन खेतमै बस्ने व्यवस्था पनि शिवनारान गर्दै छन् । विशेषतः शिवनारानको कोठाको एक परिवार खेतमै बस्न थाल्दै छ । नानीथकुँ, पुननारानकी स्वास्नी र उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्कँदै छन् ।
६. दिइएको अनुच्छेदलाई भूत कालको अज्ञात पक्षमा परिवर्तन गरी लेख्नुहोस् :
उत्तर :
डाक्टर गोदत्तप्रसादले आफू विवाहित र छोराछोरीका बाबु भएको कुरा पनि बिर्सिएछन् । उनी नानीथकुँका घरमा धाउन थालेछन् । उनीहरू एकान्तमा भेट्ने र कुराकानी गर्ने गर्न थालेछन् । त्यो कुरा थाहा पाएपछि शिवनारानले नानीथकुँलाई सम्झाएछन् । डाक्टर गोदत्तप्रसादकी पत्नी रञ्जनादेवीले पनि उनलाई सम्झाइछन् । अन्ततः नानीथकुँले कुरा बुझिछन् र उनी तथा गोदत्तप्रसादबीचको सम्बन्ध टुटेछ ।
एक दिन नानीथकुँको भेट रामखेलावन राउतसँग भएछ । उनीहरूबीच प्रेम भएछ । शिवनारानले यस सम्बन्धका विषयमा विचार गरिराखेछन् र नानीथकुँको विवाह रामखेलावनसँग गराइदिएछन् । आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाएपछि दुवै जना खुसी भएछन् ।
७. शिरबिन्दु तथा चन्द्रबिन्दुको प्रयोग भएका तलका शब्दलाई वर्णानुक्रमअनुसार लेख्नुहोस् :
उत्तर :
अँगार, अँध्यारो, अंश, भयौँ, वंश, सँग, संयम, संरक्षण, संलग्न, संवाद, संशय, संसार, संहार
८. दिइएका शब्दलाई तालिकामा देखाउनुहोस् :
| नियम | उदाहरणहरू |
|---|---|
| क, ख, ग, घ अघि 'ङ्' | अङ्क, शङ्कर, शङ्ख, पङ्खा, ढङ्ग, मङ्गल, बङ्गुर, गङ्गा, चङ्गा, सङ्घ |
| च, छ, ज, झ अघि (तत्सम शब्दमा मात्र) 'ञ्' | अञ्चल, पञ्च, पुञ्ज, लाञ्छना, ब्यञ्जन, झञ्झा, मञ्जुल |
| ट, ठ, ड, ढ अघि (तत्सम शब्दमा मात्र) 'ण्' | पण्डित, कण्ठ, कुण्ठा, दण्ड, खण्ड, खण्डन |
| त, थ, द, ध अघि 'न्' | सन्त, बन्धन, भिन्न, मन्तब्य, परन्तु, पन्थ, बन्दी, खिन्न |
| प, फ, ब, भ अघि 'म्' | कम्प, पम्फा, अम्बा, लम्ब, स्तम्भ, जम्मा |
| य, र, ल, व, श, ष, स, ह, ज्ञ अघि (तत्सम शब्द) शिरबिन्दु | सयम, संशय, संसार, संहार, संरक्षण, संलग्न, संवाद, वंश, संज्ञा, संज्ञान, संवाद, संवत् |