📚 शब्दभण्डार
१. दिइएका अर्थ आउने शब्द ‘सहिदहरूको सम्झनामा’ कविताबाट खोजेर लेख्नुहोस् :
| क्र.सं. | अर्थ | उत्तर |
|---|---|---|
| (क) | रातोपन, लालिमा | लाली |
| (ख) | रोप्न वा छर्न राखिएको अन्न आदिका गेडा | बिउ |
| (ग) | एक पटकमा मुखमा हाली खाइने खानेकुरा | गाँस |
| (घ) | पृथ्वी, जमिन | घर्ती |
| (ड) | प्रगति, अभिवृद्धि | उन्नति |
२. दिइएका लय मिल्ने शब्द पढी लेख्नुहोस् :
| क्र.सं. | दिइएको शब्द | लय मिल्ने शब्द |
|---|---|---|
| (क) | लहरा | छहरा |
| (ख) | सुरिलो | कुरिलो |
| (ग) | जङ्गल | मङ्गल |
| (घ) | लुसुक्क | मुसुक्क |
| (ङ) | सगर | बगर |
| (च) | लायक | गाय |
३. दिइएका शब्दका लय मिल्ने दुई दुईओटा शब्द लेख्नुहोस् :
| क्र.सं. | शब्द | लय मिल्ने शब्दहरू |
|---|---|---|
| (क) | वीर | शिर, बिर |
| (ख) | पहरा | छहरा, लहरा |
| (ग) | रसिलो | पोसिलो, मलिलो |
| (घ) | असार | कसार, भसार |
| (ङ) | पाखा | काखा |
| (च) | दासता | हाँस्ता |
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
| क्र.सं. | शब्द | वाक्य |
|---|---|---|
| (क) | सपुत | तिमी देशको सपुत बन्नुपर्छ । |
| (ख) | मुलुक | हाम्रो मुलुक विकासको गतिमा लम्किँदै छ । |
| (ग) | बिउ | आँपको बिउ कोया हो। |
| (घ) | कर्तव्य | नागरिकको कर्तव्य देशको हरेक परिस्थितिमा साथ दिनु हो। |
| (ङ) | आकाश | आकाश शून्य छ तर आकाशमै सबथोक छ । |
| (च) | धड्कन | यदि धड्कन असामान्य हो भने त्यो कमजोर वा क्षतिग्रस्त हृदयको परिणाम हुनसक्छ । |
| (छ) | उन्नति | देशको उन्नति भए जनतालाई शुख हुन्छ । |
📝 बोध र अभिव्यक्ति
३. ‘सहिदहरूको सम्झनामा’ कविता पढी सोधिएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) कवितामा के झरेपछि बिहान हुन्छ भनिएको छ ?
=> उत्तर: कवितामा मिर्मिरमा तारा झरेपछि बिहान हुन्छ भनिएको छ ।
(ख) कसले रगतको भेटी चढाउँछ ?
=> उत्तर: वीरले रगतको भेटी चढाउँछ ।
(ग) हामीले कसरी खुसी पाएका छौं ?
=> उत्तर: सहिदहरूले योगदान दिई खुसी छोडेर गएकाले हामीले खुसी पाएका छौं ।
४. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ सहिदको’ भन्नुको आशय के हो ?
=> उत्तर: देशमा रहेको निरङ्कुश व्यवस्था हटाई स्वतन्त्रताको वातावरण निर्माण गर्न देशका सपुतहरूले आफ्नो जीवनसमेत बलिदान गरे । उनीहरूको त्यागकै परिणामस्वरूप आज हामी डर र बन्धनबिना आफ्ना दैनिक काम गर्न तथा स्वतन्त्र जीवन बिताउन सक्षम भएका छौँ । सहिदहरूले भयमुक्त भएर बाँच्ने र राष्ट्रको उन्नति गर्ने अवसर प्रदान गरेकाले हाम्रो जीवनका प्रत्येक क्रियाकलापमा उनीहरूको योगदान गाँसिएको छ । यही कारण हाम्रो मुटुको हरेक धड्कनमा सहिदहरूको त्याग र जीवनको सम्झना रहनुपर्छ भन्ने भाव उक्त भनाइमा व्यक्त भएको हो ।
(ख) हाम्रा कुन कुन कुरामा सहिदको योगदान रहेको छ ?
=> उत्तर: हाम्रो जीवनका प्रत्येक पक्ष र गतिविधिमा सहिदहरूको योगदान रहेको छ । उनीहरूले आफ्नो रगत बगाएर स्वतन्त्रताको बाटो खोलिदिएकाले हामी स्वतन्त्र रूपमा खान, बाँच्न र आनन्दपूर्वक सास फेर्न पाएका छौँ । हाम्रो खुसीका हरेक क्षण तथा मुटुको प्रत्येक धड्कनमा उनीहरूको जीवन, त्याग र बलिदानको प्रभाव रहेको छ ।
५. शिक्षकबाट कवितांश सुन्नुहोस् र छुटेका शब्द भरी पुनर्लेखन गर्नुहोस् :
उत्तर :
उत्तर :
ओठमा हाँसो गालामा लाली तब आउँछ जगत्को
देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता ।
६. ‘सहिदहरूको सम्झनामा’ कविता पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) कवितामा मुलुक कसरी बन्छ भनिएको छ ?
=> उत्तर: अन्याय, अत्याचार, शोषण र निरङ्कुशताले जनतालाई बन्दीजस्तै जीवन बिताउन बाध्य बनाउँदा सच्चा सपुतहरूले स्वतन्त्रताका लागि संघर्ष गर्नुपर्छ । आवश्यक परे उनीहरूले देशकै निम्ति आफ्नो जीवन अर्पण गर्नुपर्छ । कवितामा मिर्मिरेको तारा झरेपछि मात्र बिहान आएजस्तै केही सपुतको बलिदानबाट मात्र मुलुक निर्माणको बाटो खुल्ने भाव प्रस्तुत गरिएको छ ।
(ख) वीरले किन रगतको भेटी चढाउँछन् ?
=> उत्तर: वीरहरूले मातृभूमिलाई निरङ्कुशताको बन्धनबाट मुक्त गराउन आफ्नो रगतको बलिदान दिन्छन् । देशमा स्वतन्त्रता र लोकतन्त्र स्थापना होस् भन्ने उद्देश्यले उनीहरू हाँसीखुसी फाँसीमा चढ्नसमेत तयार हुन्छन् । उनीहरूको त्यागपछि देशमा खुसी र स्वतन्त्रताको वातावरण आउने भएकाले देशको पीडा अन्त्य गर्न वीरहरूले रगतको भेटी चढाएका हुन् ।
(ग) हाम्रो खुसीको प्रत्येक पलमा कसको योगदान रहेको छ ?
=> उत्तर: हाम्रो खुसीको प्रत्येक पलमा सहिदहरूको योगदान रहेको छ । उनीहरूको त्याग र बलिदानबाट प्राप्त स्वतन्त्रताका कारण हामी आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वातावरणमा खुसीसाथ जीवन बिताउन पाएका छौँ ।
(घ) सहिदप्रति हाम्रो कर्तव्य के हो ?
=> उत्तर: सहिदहरूले देखाएको आदर्श र उनीहरूका अधुरा सपनालाई पूरा गर्नु हाम्रो प्रमुख कर्तव्य हो । त्यसका लागि सबै नागरिक एकताबद्ध भई राष्ट्रनिर्माणमा जुट्नुपर्छ । लोकतन्त्रलाई संस्थागत र समृद्ध बनाउँदै व्यक्ति, समाज तथा राष्ट्रलाई उन्नतिको दिशामा अघि बढाउनुपर्छ । यही कार्यबाट सहिदहरूप्रति वास्तविक सम्मान र श्रद्धाञ्जली व्यक्त हुन्छ ।
७. ‘सहिदहरूको सम्झनामा’ कविताको दोस्रो श्लोकबाट तीनओटा प्रश्न निर्माण गर्नुहोस् ।
उत्तर :
दोस्रो श्लोकका आधारमा निम्न प्रश्नहरू निर्माण गर्न सकिन्छ :
(क) वीरले किन रगतको भेटी चढाउँछन् ?
(ख) वीरहरू कसरी हाँस्छन् ?
(ग) दासता कसरी भाग्दछ ?
८. दिइएको कवितांशलाई गद्यमा लेख्नुहोस् :
(क) उम्रन्न बोट कसैले बिउ छरेर नगए
=> उत्तर: कसैले बिउ छरेर नगए बोट उम्रन्न ।
(ख) हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ सहिदको
=> उत्तर: हाम्रो मुटुको प्रत्येक चालमा सहिदको धड्कन छ ।
(ग) पाउने थिएनौ खुसी तिनले छाडेर नगए
=> उत्तर: तिनले छाडेर नगए खुसी पाउने थिएनौं ।
(घ) सहिद रोलान् हामीले उन्नति गरेर नगए
=> उत्तर: हामीले उन्नति गरेर नगए सहिद रोलान् ।
९. व्याख्या गर्नुहोस् :
उत्तर :
प्रस्तुत कवितांश भूपी शेरचनद्वारा रचित ‘सहिदहरूको सम्झनामा’ कविताबाट लिइएको हो । यस अंशमार्फत कविले हरेक नेपालीलाई सहिदहरूको बलिदानको सम्मान गर्दै आफ्नो राष्ट्रिय जिम्मेवारी पूरा गर्न सचेत गराएका छन् ।
सहिद दिवस प्रत्येक वर्ष माघ १६ गते मनाइन्छ । त्यस अवसरमा सहिदहरूको फोटो तथा सालिकमा माल्यार्पण गरेर श्रद्धा व्यक्त गर्ने गरिन्छ । तर औपचारिक रूपमा गरिने यस्तो सम्मान मात्र सहिदप्रतिको वास्तविक श्रद्धाञ्जली होइन । उनीहरूले देखाएको बाटोमा अघि बढ्नु, उनीहरूका सपना साकार पार्नु र देश तथा समाजको हितमा काम गर्नु नै उनीहरूको बलिदानको उचित सम्मान हो ।
नागरिकले सबैको अधिकार सुनिश्चित हुने वातावरण निर्माण गर्न, लोकतन्त्रलाई संस्थागत बनाउन र राष्ट्रको विकासमा योगदान दिनुपर्छ । प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै देशलाई प्रगति र समृद्धिको दिशातर्फ लैजान आवश्यक छ । यदि हामी आफ्नै कर्तव्यबाट विमुख भयौँ भने इतिहासले मात्र होइन, देशका लागि गोली खाएर जीवन गुमाएका सहिदहरूको बलिदानले समेत हामीलाई प्रश्न गर्नेछ ।
कवितांशले सहिदहरूको त्यागलाई केवल विगतको घटना मानेर नछोडी वर्तमान पुस्ताको जिम्मेवारीसँग जोडेको छ । राष्ट्रप्रतिको दायित्व पूरा गर्नु, देशको विकासमा सहभागी हुनु र सहिदहरूले देखेको आदर्शलाई व्यवहारमा उतार्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हो । यसरी कविले सरल तथा प्रभावकारी लोकलयको माध्यमबाट नेपाली नागरिकमा राष्ट्रिय चेतना र कर्तव्यबोध जगाएका छन् ।
सहिदहरूको बलिदानको सम्मान त्यतिबेला मात्र सार्थक हुन्छ, जतिबेला प्रत्येक देशभक्त नागरिकले राष्ट्रनिर्माणको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्छ । देशलाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउनु नै उनीहरूको वास्तविक सम्झना हो ।
यसप्रकार कवि भूपी शेरचनले सहिदहरूको त्याग र बलिदानलाई राष्ट्रिय जीवनसँग जोड्दै उनीहरूप्रति नागरिकको दायित्व स्पष्ट पारेका छन् । सहिदहरूका सपना पूरा गर्न र राष्ट्रको प्रगतिमा योगदान दिनुपर्ने सन्देशका साथै यस कवितांशले प्रत्येक नेपालीमा राष्ट्रिय चेतना जागृत गराएको छ ।
११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) लोकभाका कहाँ कहाँ गाइन्छन् ?
=> उत्तर: लोकभाका चाडपर्व, मेलापात, घाँसदाउरा, ढिकीजाँतो आदिका अवसरमा गाइन्छन् ।
(ख) लोकलयका कुनै तीन उदाहरण लेख्नुहोस् ।
=> उत्तर: लोकलयका कुनै तीन उदाहरण सवाई, असारे र तिज हुन् ।
(ग) लोकलयको आधार केलाई मानिन्छ ?
=> उत्तर: लोकलयको आधार संस्कृति, परम्परा, भाषा, भूगोल, जातजाति र जीवनशैलीलाई मानिन्छ ।
(घ) नेपाली जनजीवन कसरी जीवन्त बनेको छ ?
=> उत्तर: नेपाली समाजको संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएको लोकलयले नेपाली जनजीवनलाई जीवन्त बनाएको छ ।