Class 8nepali
Verified Exam Solutions

स्वामी प्रपन्नाचार्य ( Swami Prapnacharya )

8 nepali - स्वामी प्रपन्नाचार्य ( Swami Prapnacharya )

Comprehensive Note11 min readSEE / NEB Aligned1240 Reads
Font Size:

📘 स्वामी प्रपन्नाचार्य — जीवनी

शब्दभण्डार 📚

१. दिइएका विपरीतार्थी शब्दबिच जोडा मिलाउनुहोस् :

शब्दविपरीतार्थी शब्द
उत्थानपतन
सापेक्षनिरपेक्ष
पूर्वीयपाश्चात्य
सुलभदुर्लभ
स्वतन्त्रपरतन्त्र

२. साथीसँग छलफल गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :

शब्दअर्थ
चुनौतीकसैलाई कुनै विषयमा दिइने उत्तेजक आहृवान, हाँक, ललकार
न्वारनबालकको नाम राख्न गरिने संस्कार
धारणाकुनै कुरा मनमा धारण गरिने शक्ति, धारण गरिने अवस्था
व्यावहारिकव्यवहार जानेको, व्यवहारअनुकूल हुन जान्ने
लोकहितलोकको भलाइ
प्रेरणाकसैले कसैलाई कुनै कार्य वा उद्देश्यप्रति प्रवृत्त गराउने क्रिया, हौसला वा उत्साह
आजीवनजिन्दगीभर, बाँचुन्जेल
अमरकहिल्यै नमर्ने
शाकाहारीमाछामासु आदि नखाने, सात्त्विक भोजन गर्ने
प्रवचनधार्मिक वा नैतिक विषयमा गरिने भाषण

३. ‘स्वामी प्रपन्नाचार्य’ जीवनीको पहिलो अनुच्छेदबाट दिइएका शब्दको विपरीत अर्थ खोजेर लेख्नुहोस् :

दिइएको शब्दविपरीतार्थी शब्द
मरणजीवन
अनावश्यकआवश्यक
प्रतिकूलअनुकूल
फेदीशिखर
बाहिरीभित्री
सरलकठिन
असफलतासफलता

४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

शब्दवाक्य
भजनकीर्तनमलाई भजनकीर्तनमा धेरै रुची छ ।
दर्शनम सधैं भगवान्को दर्शन गर्छु ।
अनुशासनविद्यार्थी जीवनमा अनुशासनको महत्त्व हुन्छ।
आश्रमपुजारीहरू आश्रममा बस्छन् ।
इतिहासहामीले आफ्नो इतिहास बिर्सनुहुँदैन ।
किराँतवंशप्रपन्नाचार्यको जन्म किराँतवंशमा भयो ।
अध्यात्मअध्यात्मले ज्ञान दिन्छ ।
वाङ्मयनेपाली वाङ्मयमा देवकोटाको योगदान महत्त्वपूर्ण छ ।

बोध र अभिव्यक्ति 📝

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

=> उत्तर: दृष्टान्त, शास्त्रार्थ, श्रद्धा, आश्रम, तीर्थाटन, किराँत, पूर्वीय, व्याख्यान, शरणार्थी

२. शिक्षकले तोकेको समयमा ‘स्वामी प्रपन्नाचार्य’ जीवनी सस्वर पठन गर्नुहोस् ।

=> उत्तर: कक्षाकोठामा पढ्ने

३. ‘स्वामी प्रपन्नाचार्य’ जीवनीका आधारमा ठिक बेठिक छुट्याउनुहोस् :

भनाइउत्तर
(क) स्वामी प्रपन्नाचार्य मानव हितमा जोड दिन्थे ।ठिक
(ख) स्वामी प्रपन्नाचार्य महान् सन्त, संस्कृत वाङ्मयका विशिष्ट अनुसन्धाता तथा व्याख्याताका रूपमा अमर बने ।ठिक
(ग) स्वामी प्रपन्नाचार्यले पढाइ र शास्त्रार्थ गर्दा विभिन्न देशको भ्रमण गर्ने अवसर पाएनन् ।बेठिक
(घ) उनी संस्कृति वाङ्मयका ग्रन्थलाई सबैले बुझ्ने गरी बताउँथे ।ठिक

४. ‘स्वामी प्रपन्नाचार्य’ जीवनी पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

(क) स्वामी प्रपन्नाचार्यको न्वारानको नाम के थियो ?

=> उत्तर: स्वामी प्रपन्नाचार्यको न्वारानको नाम गीतानन्द थियो ।

(ख) प्रपन्नाचार्यका पुर्खा कुन धर्मका अनुयायी थिए ?

=> उत्तर: प्रपन्नाचार्यका पुर्खा किराँत धर्मका अनुयायी थिए ।

(ग) प्रपन्नाचार्यले कति वर्षको उमेरमा कखरा सिके ?

=> उत्तर: प्रपन्नाचार्यले ३० वर्षको उमेरमा कखरा सिके ।

(घ) प्रपन्नाचार्यलाई कसले मुन्धुमको महत्त्व सिकाए ?

=> उत्तर: प्रपन्नाचार्यलाई फाल्गुनन्दले मुन्धुमको महत्त्व सिकाए ।

(ङ) प्रपन्नाचार्यको बाल्यकालको प्रसङ्ग कुन अनुच्छेदमा आएको छ ?

=> उत्तर: प्रपन्नाचार्यको बाल्यकालको प्रसङ्ग तेस्रो अनुच्छेदमा आएको छ ।

५. ‘प्रपन्नाचार्यको परिवार भोक मात्र जागिरह्यो ।’ जीवनीको अंश मनमनै पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) स्वामी प्रपन्नाचार्यको परिवारमा कस्तो भोजनको व्यवस्था हुन्थ्यो ?

=> उत्तर: स्वामी प्रपन्नाचार्यको परिवारमा सधैँ शुद्ध शाकाहारी भोजनको व्यवस्था हुन्थ्यो ।

(ख) प्रपन्नाचार्य कहिलेदेखि आध्यात्मिक चिन्तनतर्फ उन्मुख भए ?

=> उत्तर: प्रपन्नाचार्य बाल्यकालदेखि आध्यात्मिक चिन्तनतर्फ उन्मुख भए ।

(ग) प्रपन्नाचार्यको परिवारले कसरी जीवन गुजारा गर्नुपर्थ्यो ?

=> उत्तर: प्रपन्नाचार्यको परिवारले खेतपाती गरी आफ्नो जीवन गुजारा गर्नुपर्थ्यो ।

(घ) प्रपन्नाचार्यले किन बाल्यकालमा पढ्न पाएनन् ?

=> उत्तर: परिवारका सदस्यहरू खेतीपाती तथा गाईवस्तुको हेरचाहमै व्यस्त रहनुपर्ने भएकाले प्रपन्नाचार्यले सानै उमेरमा पढ्ने अवसर पाउन सकेनन् ।

६. दिइएका घटना कुन कुन सालका हुन्, ‘स्वामी प्रपन्नाचार्य’ जीवनीका आधारमा पहिचान गरी लेख्नुहोस् :

घटनासाल
(क) संस्कृत विषय लिई पूर्वमध्यमा तह उत्तीर्णवि.सं. २०२१
(ख) तीर्थाटनका लागि भारतको बनारस यात्रावि.सं. २०१०
(ग) पशुपति मृगस्थलीस्थित आश्रममा देहावसान२०७२ भदौ ४
(घ) विद्यावारिधि उपाधिको प्राप्तिवि.सं. २०३६
(ङ) स्वामी प्रपन्नाचार्यको जन्मवि.सं. १९८० असोज ३
(च) चन्द्रेश्वर सत्तलमा बस्ने व्यवस्थावि.सं. २०४५
(छ) ‘सङ्क्षेपमा मेरो जीवन यात्रा’ कृति प्रकाशनवि.सं. २०५९
(ज) किराँतवंशका महागुरु फाल्गुनन्दको प्रत्यक्ष प्रभाववि.सं. १९९४

७. ‘स्वामी प्रपन्नाचार्य’ जीवनी पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

(क) स्वामी प्रपन्नाचार्यको बाल्यकाल कसरी बित्यो ?

=> उत्तर: वैदिक धर्मसंस्कृतिप्रति प्रतिबद्ध र शुद्ध शाकाहारी परिवारमा हुर्किएकाले प्रपन्नाचार्यमा सानैदेखि आध्यात्मिक सोच विकसित भएको थियो । परिवारको जीवनयापन खेतीपाती तथा गाईवस्तुको हेरचाहमा निर्भर थियो । सबै सदस्य काममा लाग्नुपर्ने भएकाले उनले बाल्यकालमा औपचारिक शिक्षा प्राप्त गर्न सकेनन् ।

(ख) स्वामी प्रपन्नाचार्यका कृति कुन कुन हुन् ?

=> उत्तर: स्वामी प्रपन्नाचार्यले संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा करिब चार दर्जन पुस्तक रचना गरेका छन् । उनका प्रमुख कृतिहरू ‘सम्मार्ग दर्शन’, ‘प्राचीन हिन्दु विज्ञान’, ‘वेदमा के छ ?’ ‘किराँत मङ्गोलियाबाट आएका शरणार्थी होइनन्’, ‘काले राईका क्वाँटी कविता’, ‘प्राचीन किराँत इतिहास’, ‘मानव अधिकार हनन के हो ?’ ‘महागुरु फाल्गुनन्द सरस्वती सत्याहाङ्माको जीवनी’ र ‘सङ्क्षेपमा मेरो जीवनयात्रा’ हुन् ।

(ग) स्वामी प्रपन्नाचार्य किन आध्यात्मतर्फ लागे ?

=> उत्तर: पारिवारिक वातावरणमै वैदिक धर्मसंस्कृति र शाकाहारी जीवनपद्धतिको प्रभाव परेकाले प्रपन्नाचार्यमा सानैदेखि आध्यात्मिक रुचि जागेको थियो । फाल्गुनन्दको आश्रममा केही समय बिताउँदा त्यस प्रभावले अझ गहिरो रूप लियो । फाल्गुनन्दको निधनपछि उनमा वैराग्यको भावना बढ्दै गयो र अन्ततः उनी आध्यात्मिक मार्गतर्फ समर्पित भए ।

(घ) स्वामी प्रपन्नाचार्यको जीवनीबाट के प्रेरणा पाइन्छ ?

=> उत्तर: स्वामी प्रपन्नाचार्यको जीवनले सिकाइका लागि उमेर कहिल्यै बाधक हुँदैन भन्ने देखाउँछ । कठिन परिस्थितिमा पनि निरन्तर प्रयास गर्नुपर्छ र सादा जीवन तथा उच्च विचारलाई अपनाउनुपर्छ । मानवहितलाई सर्वोच्च महत्त्व दिँदै सबैप्रति आत्मीयता र समानताको व्यवहार गर्नुपर्छ भन्ने प्रेरणा उनको जीवनबाट प्राप्त हुन्छ ।


✍️ ८. भाव विस्तार गर्नुहोस् :

उत्तर :

“स्वामी प्रपन्नाचार्य अध्ययनलाई उमेरले कहिल्यै छेक्दैन भन्ने विचारका दृष्टान्त हुन्” भन्ने भनाइले सिकाइको कुनै निश्चित उमेर हुँदैन भन्ने तथ्यलाई प्रस्ट पार्छ । जीवनमा परिस्थिति जस्तोसुकै भए पनि ज्ञान प्राप्त गर्ने इच्छा र दृढ सङ्कल्प भएमा मानिसले जुनसुकै समयमा अध्ययनलाई निरन्तरता दिन सक्छ ।

प्रपन्नाचार्यको प्रारम्भिक जीवन सहज थिएन । पारिवारिक जिम्मेवारीका कारण उनले बाल्यकालमा पढ्ने अवसर पाएनन् । खेतीपाती र गाईवस्तुको हेरचाहमै समय बिताउनुपर्ने भएकाले उनको औपचारिक शिक्षा पछि परेको थियो । १४ वर्षको उमेरमा उनी फाल्गुनन्दको आश्रममा बसे र त्यसपछि आध्यात्मिक चेतना तथा वैराग्यको भावना अझ बलियो हुँदै गयो । भारतको यात्राका क्रममा अनेक कठिनाइ सामना गरेपछि उनले ३० वर्षको उमेरमा कखरा सिक्ने अवसर प्राप्त गरे ।

सामान्य शिक्षाको सुरुवात नै ढिलो भए पनि उनले अध्ययनप्रतिको लगन छाडेनन् । निरन्तर मेहनत गर्दै उच्च शिक्षा हासिल गरी विद्यावारिधिको उपाधिसम्म प्राप्त गरे । पछि डा. स्वामी प्रपन्नाचार्यका रूपमा स्थापित भई वैदिक वाङ्मय तथा पूर्वीय दर्शनको अध्ययन, अनुसन्धान र व्याख्यामा आफ्नो जीवन समर्पित गरे ।

यसबाट मानिसको ज्ञानार्जनलाई उमेर, परिस्थिति वा विगतको अभावले रोक्न सक्दैन भन्ने शिक्षा पाइन्छ । इच्छा, परिश्रम, धैर्य र निरन्तर प्रयास भएमा जीवनको जुनसुकै चरणमा पनि नयाँ कुरा सिक्न सकिन्छ । त्यसैले स्वामी प्रपन्नाचार्य अध्ययनका लागि उमेर बाधक हुँदैन भन्ने विचारका प्रेरणादायी दृष्टान्त हुन् ।

🇳🇵 ९. तपाइँ भविष्यमा आफ्नो जन्मभूमिको सेवा कसरी गर्न चाहनुहुन्छ, कक्षामा सुनाउनुहोस् ।

उत्तर :

म भविष्यमा नेपालमै बसेर आफ्नो जन्मभूमिको सेवा गर्न चाहन्छु । नेपाल र नेपालीको उन्नतिमा योगदान पुर्‍याउने कामलाई आफ्नो प्राथमिकता बनाउने छु । इमानदारी, अनुशासन र लगनका साथ आफ्नो ज्ञान तथा क्षमताको सदुपयोग गर्ने छु । व्यक्तिगत आर्थिक लाभका लागि मात्र विदेश पलायन नभई आफ्नै देशको विकासमा योगदान दिन प्रयास गर्ने छु ।

📖 १०. स्वामी प्रपन्नाचार्यको जीवनीको सार लेख्नुहोस् ।

उत्तर :

स्वामी प्रपन्नाचार्यको वास्तविक नाम गीतानन्द राई तथा बोलाउने नाम काले राई थियो । उनको जन्म वि.सं. १९८० असोज ३ मा पाँचथर जिल्लाको फिदिम, बरडाँडामा दिलमाया र धर्मदास राईका सन्तानका रूपमा भएको थियो । वैदिक धर्मसंस्कृतिको प्रभाव रहेको परिवारमा हुर्किए पनि आर्थिक तथा पारिवारिक परिस्थितिका कारण उनले बाल्यकालमा शिक्षा लिन सकेनन् ।

१४ वर्षको उमेरमा फाल्गुनन्दको आश्रममा बसेपछि उनको आध्यात्मिक चेतना थप विकसित भयो । फाल्गुनन्दको निधनपछि वैराग्यको भावना बढेपछि उनी ज्ञान र आध्यात्मिक खोजतर्फ अझ गम्भीर बने । केही समय बिजुवाको काम गरेपछि रोजगारीको खोजीमा भारत पुगे, तर काम नपाएपछि नेपाल फर्किए । पछि पण्डित दामोदर खतिवडाको समूहसँग तीर्थाटन गर्दै बनारस पुगे ।

जीवनका अनेक कठिनाइ पार गर्दै उनले ३० वर्षको उमेरमा कखरा सिके र निरन्तर अध्ययनद्वारा विद्यावारिधिको उपाधि प्राप्त गरे । नेपाल फर्किएपछि उनले मानवहितलाई केन्द्रमा राखेर पूर्वीय दर्शन, वैदिक परम्परा र वेदका दार्शनिक विचारलाई सर्वसाधारणसम्म पुर्‍याउने कार्य गरे । संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा उनका करिब चार दर्जन कृति प्रकाशित छन् । वि.सं. २०७२ भदौ ४ गते देहावसान भए पनि महान् सन्त, संस्कृत वाङ्मयका विशिष्ट अनुसन्धाता तथा व्याख्याताका रूपमा उनको योगदान स्मरणीय रह्यो ।

📚 ११. स्वामी प्रपन्नाचार्यले वैदिक वाङ्मयका क्षेत्रमा पुऱ्याएका योगदानको चर्चा गर्नुहोस् ।

उत्तर :

स्वामी प्रपन्नाचार्यले कठिन जीवनपरिस्थितिका बाबजुद अध्ययनलाई निरन्तरता दिई वैदिक वाङ्मयको क्षेत्रमा उल्लेखनीय स्थान बनाए । ३० वर्षको उमेरमा कखरा सिकेर अध्ययन प्रारम्भ गरेका उनले पछि विद्यावारिधि उपाधि हासिल गरे । यसरी आफ्नो ज्ञानप्रतिको लगनलाई उपलब्धिमा परिणत गर्दै उनी डा. स्वामी प्रपन्नाचार्यका रूपमा परिचित भए ।

वैदिक वाङ्मयका क्षेत्रमा उनको प्रमुख योगदान पूर्वीय ज्ञान, दर्शन र परम्परालाई आधुनिक सन्दर्भसँग जोडेर सामान्य पाठकसम्म पुर्‍याउनु हो । उनले वेदमा निहित दार्शनिक विचारको अध्ययन, व्याख्या र अनुसन्धान गरे । मानवहितलाई आफ्नो चिन्तनको केन्द्रमा राख्दै उनले वैदिक ज्ञानलाई केवल सीमित विद्वत् समूहमा नराखी सर्वसाधारणले बुझ्न सक्ने ढङ्गमा प्रस्तुत गरे ।

उनको योगदान लेखनका माध्यमबाट पनि स्पष्ट हुन्छ । संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा उनका करिब चार दर्जन पुस्तक प्रकाशित छन् । ‘सम्मार्ग दर्शन’, ‘प्राचीन हिन्दु विज्ञान’, ‘वेदमा के छ ?’ ‘किराँत मङ्गोलियाबाट आएका शरणार्थी होइनन्’, ‘प्राचीन किराँत इतिहास’, ‘महागुरु फाल्गुनन्द सरस्वती सत्याहाङ्माको जीवनी’ र ‘सङ्क्षेपमा मेरो जीवनयात्रा’ उनका उल्लेखनीय कृतिहरू हुन् ।

यसका अतिरिक्त उनले प्रवचन, व्याख्या तथा अनुसन्धानमार्फत वैदिक वाङ्मयको ज्ञान फैलाए । पूर्वीय दर्शनप्रतिको आफ्नो जीवनभरको प्रतिबद्धता र मानवकल्याणमुखी चिन्तनका कारण उनी महान् सन्त तथा संस्कृत वाङ्मयका विशिष्ट अनुसन्धाताका रूपमा स्थापित भए ।

📝 १२. दिइएको अनुच्छेद पढेर चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् :

मुख्य चारओटा बुँदा

क्र.सं.मुख्य बुँदा
(क)नेपाल प्राकृतिक दृष्टिकोणले सम्पन्न मुलुक
(ख)हावापानी, उचाइ र धरातलीय विविधताले प्राकृतिक विविधता सिर्जना गरेको
(ग)जैविक विविधताका विभिन्न पक्षमध्ये महत्त्वपूर्ण र दुर्लभ जडीबुटी पनि पर्नु
(घ)चाँप, पाँचऔँले, यार्चागुम्बा आदि बोटबिरुवा र जडीबुटी हाम्रा बहुमूल्य सम्पत्ति ।

सारांश लेखन

नेपालको जैविक विविधिता र जडीबुटी

उत्तर : नेपाल प्राकृतिक रूपमा सम्पन्न देश हो । यहाँको हावापानी, उचाइ तथा धरातलीय विविधताले प्रकृतिमा विविधता ल्याएको छ । यही जैविक विविधताभित्र दुर्लभ जडीबुटीहरू पनि पाइन्छन् । चाँप, पाँचऔँले र यार्चागुम्बाजस्ता वनस्पति तथा जडीबुटी नेपालका बहुमूल्य प्राकृतिक सम्पत्ति हुन् ।

प्रश्नको अनुच्छेदमा भएको शब्द सङ्ख्या : ११९

सारांशमा हुनपर्ने शब्द सङ्ख्या : ४०

सारांशमा भएको जम्मा शब्द सङ्ख्या : ४०